back

जलविद्युत आयोजनाले मुआब्ज दिन जग्गाको मूल्य तोक्यो, हेर्नुहोस् कति प¥यो ?

Kumari bank ad

काठमाण्डौं । वहुप्रतिक्षित अरुण ३ जलविद्युत आयोजना एक कदम अघि बढेको छ। आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई मुआब्जा दिन जिल्ला प्रशासन कार्यालय संखुवासभाले स्थानीय जग्गाको मूल्य तोकेर प्रकृया एक कदम अघि बढाएको हो।

जग्गा अधिग्रहरण पश्चात मात्र आयोजनाको भौतिक निर्माण अघि बढाउन सकिन्छ। जिल्ला प्रशासन कार्यालयले चार गाविसका बिभिन्न वर्गका जग्गा, बालीविरुवा एवं त्यहाँ निर्मित संरचनाको अलग अलग मूल्य तोकेको हो। प्रभावित क्षेत्रका वासिन्दाले ३५ दिन भित्र मुआब्जाका लागि निवेदन दिनु पर्ने समेत जनाइएको छ।

जिल्लाका पाथिभरा, नुम, दिदिङ्ग र याफू गाविसका जनताले प्रभावित क्षेत्रको वासिन्दाको रुपमा मुआब्जा पाउनेछन्। चारै गाविसमा पाखोको मूल्य प्रति रोपनी आठ लाख २५ हजार रुपैयाँ तोकिएको छ। खेती लगाउने वारीको मूल्य भने नौ लाख सात हजार पाँच सय रुपैयाँ कायम गरिएको छ।

अलैंचीवारीको लागि प्रतिरोपनी १० लाख ४३ हजार पाँच सय रुपैयाँ र खेत १२ लाख रुपैयाँ तोकिएको छ। प्रभावित क्षेत्रको जग्गाले उत्तर दक्षिण कोशी राजमार्ग छोएको भए थप २० प्रतिशत मुआब्जा दिने जनाइएको छ। अलैंचीवारीका लागि भने फल्ने फसलको समेत तीन बर्ष सम्म मुआब्जा दिने सरकारले जनाएको छ। एक रोपनीमा एक मन अलैंची फल्ने मूल्याङ्कन सहित तीन वर्ष सम्म प्रति मन एक लाख रुपैयाँ मुआब्जा दिन लागेको हो।

त्यस बाहेक अलैंचीवारीको जग्गा विकास खर्च प्रति रोपनी २५ हजार, ढुवानी र रोप्न लाग्ने खर्च २४ हजार रुपैयाँ समेत तीन बर्ष सम्म दिने जनाइएको छ। त्यस बाहेक बिरुवा हेरचाह गर्न भनेर तीन बर्षको लागि एकमुष्ट प्रति रोपनी १० हजार पाँच सय रुपैयाँ दिइनेछ।

घडेरीको मूल्य भने अरु जग्गा भन्दा महङ्गो छ। २०० वर्ग मिटरलाई एउटा घडेरीको रुपमा मुल्याङ्कन गरिनेछ। नुमको फ्याक्सिन्दा दोभानको घडेरी प्रतिगोटा १२ लाख ३७ हजार पाँच सय र त्यहाँ बाहेकको घडेरीलाई प्रतिगोटा ११ लाख रुपैयाँ कायम गरिएको छ।

भौतिक संरचनाको मूल्य दिदङ्ग र याफुमा केहि महङ्गो तोकिएको छ। त्यहाँ घर प्रति वर्ग मिटर सात हजार ८९८ एवं गोठ तथा खोर तथा चर्पी लगायतका अरु संचरना प्रति वर्ग मिटर दुई हजार ३६९ रुपैयाँ तोकिएको छ। नुममा भने यिनै संरचना क्रमशः सात हजार ११३ एवं दुई हजार १३४ रुपैयाँ कायम गरिएको छ। खेत र वारीका लागि जग्गा विकास खर्च प्रति रोपनी सात हजार ७०५ रुपैयाँ समेत दिने जनाइएको छ।

यस्तै वसाइँसराइ वापत प्रति परिवारले ढुवानी खर्च ६० हजार, घरभाडा तीन महिनाको ३० हजार, श्रमिक खर्च चार हजार ८०० पाउनेछन्। खाद्य सुरक्षा वापत प्रतिव्यक्ति छ महिनाको १३ हजार ६०४ रुपैयाँ समेत दिने जनाइएको छ। संक्रमणकालिन खर्चको रुपमा अलैंचि किसान बाहेक अरुले प्रति रोपनी छ हजार रुपैयाँ र व्यापारीले प्रति पसल छ महिना १५ हजार रुपैयाँ पाउनेछन्।

घरमा संरक्षण गर्ने व्यक्ति नभएका ६० बर्ष नाघेका जेष्ठ नागरिकलाई समेत विषेश भत्ता दिने जनाइएको छ। सरकारले भुक्तानी दिन थालि नसकेका जेष्ठ नागरिकलाई सरकारी दर रेटको दोब्बर र सरकारबाट पाउनेलाई त्यतिनै सामाजिक सुरक्षा भत्ता दिने जनाइएको हो।

७ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक ७ आइतवार ११:२१ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...