back

सनराइज बैंकको नाफा शतप्रतिशतभन्दा बढ्यो, हेर्नुहोस् कसरी ?

काठमाण्डौं । सनराइज बैंकले चालु आर्थिक बर्षको पहिलो क्वार्टरमा सतप्रतिशत भन्दा बढी खुद मुनाफा बृद्धि गरेको छ। बैंकले चालु आवको पहिलो त्रैमासिकमा २५ करोड ३१ लाख १६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको हो। गत आवको यहि अवधिमा बैंकको नाफा ११ करोड ७८ लाख रुपैयाँ थियो।

बैंकले खुद ब्याज आम्दानी साढे २३ करोड रुपैयाँले बढाएसँगै नाफामा उच्च बृद्दि हासिल गर्न संभव भएको हो। गत आवको असोज मसान्तमा २८ करोड छ लाख रुपैयाँ खुद ब्याज आम्दानी हासिल गरेको बैंकले चालु आवमा ५१ करोड ५६ लाख रुपैयाँ कमाएको छ।

गत आवको तुलनामा बैंकको खराव कर्जा एक प्रतिशत बिन्दुले घटेको छ। गत असोज मसान्तमा खराव कर्जा १.६९ प्रतिशतमा सिमित भएको हो। बैंकको कुल निक्षेप १८ करोड रुपैयाँले बढेर ५२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा १७ अर्ब रुपैयाँले बृद्धि भइ ४६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

७ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक ७ आइतवार १२:३२ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १७:०४

मुकेश कुमार यादव / सिरहा । सिराहामा विद्यालय शिक्षाको फलामे...

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १६:४०

काठमाडौं । नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुने...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

वि.सं.२०७९ चैत १५ बुधवार १६:१९

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२३ अभियान...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...