back
Ncell Banner Ad

लोकमानलाई महाअभियोगबाट हटाउने माओवादीको औपचारिक निर्णय

काठमाडौ । सत्तारुढ माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगबाट हटाउने औपचारिक निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अख्तियार प्रमुख कार्कीलाई महाअभियोगबाट हटाउने औचापरिक निर्णय लिएको हो । बैठकबारे जानकारी दिंदै माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भने, ‘हाम्रा अध्यक्षले महाअभियोग प्रस्तावलाई निष्कर्षमा पुर्‍याउन निर्देशन दिनुभएको छ ।’

यसअघि माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक भएर संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावमा माओवादी केन्द्रले औपचारिक निर्णय गरेको थिएन ।

शनिबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले महाअभियोगको प्रस्तावमा अन्य दलहरुसँग परामर्श गरेर निष्कर्षमा पुग्ने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरेको थियो ।

प्रतिपक्षी एमालेमा लोकमान सिंहलाई महाअभियोग लगाउन एकमत रहे पनि सत्तारढ कांग्रेसले अहिलेसम्मपनि कुनै निर्णय गर्न सकेको छैन ।

प्रकाशित मितिः २०७३ कार्तिक ७

वि.सं.२०७३ कात्तिक ७ आइतवार १३:३९ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...