
बनेपा । विभिन्न बालीमा हुने क्षति न्यूनीकरणका लागि काभ्रेपलाञ्चोकमा ४३ थान “किसान सिम” वितरण हुने भएको छ । जलवायु परिवर्तन तथा समुत्थान आयोजना मार्फत जिल्ला कृषि विकास कार्यालयले जिल्लाका २६ कृषकलाई दुई साताभित्रै सो सिम वितरण गर्ने बाली विकास अधिकृत थर्क जिसीले बताए।
जिल्ला पशुसेवा कार्यालयबाट पनि १७ थान सिम वितरण हुने र यसबाट कृषकले जलवायु परिवर्तनबारे जानकारी पाउने उनले जानकारी दिए। जिल्लाको महादेवस्थान, पाँचखाल, गोकुले र धुलिखेल क्षेत्रमा ती सिम वितरण गरिनेछ ।
जलवायु परिवर्तनको असरलाई कम गर्न मौसम अनुकुलको बाली लगाउन कृषकलाई सुझाव दिँदै सिम वितरण क्षेत्रमा वर्षा मापनयन्त्र र सापेक्षिक आर्द्रता मापनयन्त्र समेत राखिने पनि अधिकृत जिसीले बताए।
७ कार्तिक २०७३, २।००
वि.सं.२०७३ कात्तिक ७ आइतवार १४:३५ मा प्रकाशित