back
NMB ad

तयार रहनुहोस्, बैंकले जारी गर्दैछ ३ अर्ब ३० करोड रुपैयाँको साधारण सेयर !

Kumari bank ad

काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको नयाँ साधारण सेयर (एफपीओं) निष्कासन गर्ने भएको छ । बैंकले आफ्नो वेवसाइट मार्फत पुँजी वृद्धि योजना सार्वजनिक गर्दे प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको हो ।

बैंकको गत असोज ३ मा बसेको संचालक समितिको बैठकले फर्दर पब्लिक अफारिंग (एफपीओं) निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले गत आर्थिक बर्षमा एक अर्ब २६ करोड खुद नाफा कमाएको थियो । बैंकले एफपिओ र बोनस सेयर जारी गरेर राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउने भएको हो ।

दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले यसअघिनै गतआर्थिक बर्षको मुनाफाबाट ३३ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । त्यसपछि बैंकले ३ अर्ब ३० करोड बराबरको नयाँ सेयर निष्कासन गर्नेछ । एफपिओपछि बैंकको पूँजी ७ अबै ५ करोड रुपैयाँ पुग्नेछ भने चालु आर्थिक बर्षमा एक अर्ब रुपैयाँ बराबरको बोनस वितरणपछि आठ अर्ब पुँजी पुर्याउने पुँजी योजनामा उल्लेख छ ।

७ कार्तिक २०७३, ३।००

वि.सं.२०७३ कात्तिक ७ आइतवार १४:५६ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...