
काठमाण्डौं । साताको सुरुवातमा आज फेरि सेयर बजार दोहोरो अंकले झरेको छ। बजार १२ अंक तल ओर्लिएर १७८२ अंकमा आइपुगेको छ । सूचक घटे पनि दुई कम्पनी भने चम्किएका छन् । होटल र विकास बैंक क्रमशः करिव १६ र ८ अंकले बढेका छन् ।
बजार झरे पनि रिलायवल माइक्रोफाइनान्स र कामना विकास बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ। आज १२६ कम्पनीको ९६ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज बैंकिङ १८ अंकले झरेको छ। जलविद्युत करिव २९, फाइनान्स चार, बिमा १२ र अन्य २५ अंकले झरेको छ।
७ कार्तिक २०७३, ३।३०
वि.सं.२०७३ कात्तिक ७ आइतवार १५:४० मा प्रकाशित