back

कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? यो लेख तपाईलाई काम लाग्न सक्छ !

Kumari bank ad
काठमाडौं। एसिया पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात रहेको महादेश हो। यहाँ पर्यटन सम्वन्धि संसारमा उपलब्ध हुने सवै किसिमका सेवा सुविधाहरु उपलब्ध छन्। विश्वको सवैभन्दा महंगो ‘रेसिपि’ देखि सस्तो पनि यहाँ पाइन्छ। विश्वको सवैभन्दा महंगो ठाउँदेखि सस्ता ठाउँहरु यहि महादेशमा पाइन्छन्।
यी हुन् एसियाका सवैभन्दा सस्ता सहरहरु
१ पोखरा, नेपाल
पोखरा पर्यटकका लागि सवैभन्दा राम्रो गन्तव्यका रुपमा चिनिन्छ। यहाँ अक्टोवर र नोभेम्वर सवैभन्दा राम्रो र ‘पिक’ सिजनका रुपमा लिइन्छ। यहाँ माउन्टन हाइकिङ, ट्रेकिङ लगायता अन्य मनोरञ्जन र एडभान्चरस टुरिजमका लागि प्रख्यात रहेको छ।
दैनिक सरदर बसाइको मूल्य प्रतिव्यक्ति  एकहजार ६ सय ९० रुपैयाँ। १५.७५ अमेरिकी डलर।
२. हानोई, भियतनाम
भियतनाममा रहेको यो सहरलाई पिक्चर स्क्वायर सिटिको रुपमा पनि लिइन्छ। हानोइलाई ट्रिप एडभाइजरले समेत विश्वको टप टेन पर्यटकिय गन्तव्यका रुपमा राखेको थियो। हानोईमा अक्टोवारदेखि अप्रिलसम्म पिक सिजनका रुपमा लिइन्छ तर यहाँ पिक र नन पिक समयमा जम्मा १० प्रतिशतको मात्र फरक हुन्छ।
दैनिक खर्च प्रतिव्यक्ति १७.२० डलर
३. हो चि मिन सिटी, भियतनाम
हानोईसँग मिल्दोजुल्दो यो पर्यटकिय सहर हाइकिङका लागि उत्कृष्ट रहेको छ। खाना र पेय पदार्थहरु यहाँ धेरै सस्तोमा पाइने गरेका कारण त्यहाँका विश्वविद्यालयका विद्यार्थिहरुले फ्रि हाइकिङ टुर्सको समेत विकास गरेका छन्।
दैनिक खर्च प्रतिव्यक्ति १८.३० डलर
४. गोवा, इन्डिया
भारतको दक्षिण पश्चिम क्षेत्रमा पर्ने गोवा भारतकै सवैभन्दा धनी राज्य हो। गोवा समुन्द्री किनार, चर्च र मन्दिरका हिसावले निकै चर्चित रहेको छ। नोभेम्वरदेखि मार्चसम्म मूख्य सिजन मानिने यहाँ क्रिसमस र नयाँ बर्षमा धेरै पर्यटकहरु जाने गर्दछन्।
दैनिक खर्च प्रतिव्यक्ति १८.५० डलर
५. चायाङ माई, थाइल्याण्ड
थाइल्याण्डको बैङ्ककपछि दोस्रो ठूलो सांस्कृतिक सहरका रुपमा चिनिने यो सहरमा सवै कुरा सस्तो पाइन्छ। नोभेम्वरदेखी अक्टोवरसम्म मूख्य पर्यटकिय सिजनका रुपमा लिइन्छ।
 दैनिक खर्च प्रतिव्यक्ति १९.१५ डलर
६. काठमाडौं, नेपाल
राजधानी काठमाडौं सांस्कृतिक र धार्मिक हिसावले प्रशिद्ध रहेको छ। हिन्दु र बुद्ध धर्ममा आस्था राख्ने संसारभरका धर्मावलम्विहरु यहाँ घुम्न आउँछन्। धार्मिक हिसावले पशुपतिनाथ, स्वयंभुनाथ, बुढानिलकण्ठ लगायतका स्थानहरु धेरै प्रशिद्ध रहेका छन्। यहाँ अप्रिलदेखि नोभेम्वरसम्म पर्यटकिय सिजन मानिन्छ।
दैनिक खर्च प्रतिव्यक्ति १९.७१ डलर
७. भिन्टाइन, लाओस
दक्षिणपूर्वी एसियामा भ्रमणका लागि लाओस प्रशिद्ध देश हो। बैङ्ककै हाराहारिमा सस्तो रहेको भिन्टाइनमा चामल र नुडल्स सवैभन्दा सस्तो मूल्यमा पाइन्छ।
दैनिक खर्च प्रतिव्यक्ति २० डलर
८. लाउङ प्रवाङ, लाओस
लाओसको यो सहर प्राकृतिक र ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण रहेको छ। युनेस्कोको विश्व सम्पदासुचिमा रहेको यो स्थान बुद्ध धर्मका अनुयायिहरुका लागि निकै प्रशिद्ध स्थान मानिन्छ।
दैनिक खर्च प्रतिव्यक्ति २२. ८० डलर
९. कोलम्बो, श्रीलंका
श्रीलंकाको राजधानी सहर कोलम्बो घुम्ने स्थान र खानामा निकै सस्तो ठाउँका रुपमा चिनिन्छ। तर त्यहाँको लोकल खाना भात र तरकारीमा भने किकै महंगो रहेको छ। क्रसमसदेखि मार्चसम्म पिक सिजनका रुपमा लिइन्छ।
दैनिक खर्च प्रतिव्यक्ति २३. ०८ डलर
१०. दिल्ली, भारत
पुरातात्विक र आधुनिक संस्कृतिको मिश्रण रहेको दिल्ली धार्मिक र ऐतिहासिक रुपमा चर्चित रहेको छ। दिल्ली पर्यटकिय हिसावले चर्चित हुने कारण नै त्यहाँ सस्तो खाना पाइन्छ। दिल्लीलाई भारतका अन्य सहरभन्दा सस्तो सहरका रुपमा पनि लिइन्छ।

दैनिक खर्च प्रतिव्यक्ति २३. ५० डलर

 
७ कार्तिक २०७३, बिजमाण्डु, ३।३०

वि.सं.२०७३ कात्तिक ७ आइतवार १५:४५ मा प्रकाशित

You can share this post!

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई  ५० हजार जरिवाना   

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई ५० हजार जरिवाना   

वि.सं.२०८० असोज १६ मंगलवार १०:४२

कञ्चनपुर, १६ असोज : नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर...

कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १०:३७

काठमाडौं । कुमारी बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने...