
काठमाडौ । माछापुच्छ्रे बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकको सुबिधाको लागि भिसा डलर प्रिपेड कार्ड प्रयोगमा ल्याएको छ।
भुटान तथा भारत बाहेकका देशमा भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रमा यो कार्ड सजिलै चलाउन सकिने बैंकले जनाएको छ।
उक्त कार्ड नेपाल राष्ट्र बैङ्कले तोकेको सीमासम्म भुटान र भारत बाहेकका तेस्रो मुलुकमा भ्रमण गर्दा प्रयोग गर्न सकिनेछ। नगद विदेशी मुद्राको उत्तम विकल्पको रुपमा यो कार्डलाई सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।
प्रकाशित मितिः २०७३ कार्तिक ७
वि.सं.२०७३ कात्तिक ७ आइतवार १९:२७ मा प्रकाशित