
काठमाण्डौं । सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा २७ करोड पाँच लाख रुपैयाँ गरेको छ। बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण अनुसार अघिल्लो बर्षको यसै अवधिको तुलनामा यसपाली नाफा साढे ५३ प्रतिशतले बढेको हो।
बैंकले १४ अर्ब रुपैयाँ ऋण वढाएर खुद ब्याज आम्दानी २१ करोड रुपैयाँले बढाएपछि नाफामा उल्लेख्य सुधार आएको हो। बैंकको कुल कर्जा लगानी ४४ अर्ब ६० करोड रुपैयाँ छ। बैंकले खुद ब्याज आम्दानी ५३ करोड २९ लाख रुपैयाँ गरेको छ। बैंकको खराव कर्जा अनुपात ०.०५ प्रतिशत मात्र छ।
८ कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:४८ मा प्रकाशित