
काठमाडौ। सिद्धार्थ बैंकले ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । सिद्धार्थ १८० दिने मुद्दती खाता छोटो अवधिमा आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरुलाई लक्षित गरि ७ दशमलब ५ प्रतिशतको आकर्षक प्रतिफलको साथमा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकले हाल नेपालभर ६४ शाखा, ८१ एटिएम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक ८
वि.सं.२०७३ कात्तिक ८ सोमवार १६:०७ मा प्रकाशित