
काठमाण्डौं । कैलालीको टीकापुरमा मुख्य कार्यालय रहेको सेती फाईनान्सले एक सेयर बराबर नयाँ एक दशमलव ५ अर्थात १५० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । फाईनान्सको कार्तिक १० गते सेयरधनी दर्ता किताब बन्द हुने भएकाले कार्तिक ९ गतेसम्म सेयर किन्नेले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।
फाइनान्सले एक सय रुपैयाँ अंकितदरका ९ लाख ५१ हजार ७८६ कित्ता हकप्रदसेयर बिक्री गर्दै छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । ६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाईनान्सको हकप्रद जारी गरेपछि चुक्ता पूँजी १५ करोड हाराहारीमा पुग्ने छ ।
९ कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक ९ मंगलवार ११:२३ मा प्रकाशित