
काठमाण्डौं । पछिल्लो समय काठमाडौं उपत्यकामा सेकेन्ड ह्यान्ड साना गाडीको बजारले राम्रो स्थान पाइरहेको छ। गाडी चढ्ने सौखिन भएकाले कम बजेटमा नै छानीछानी आफूलाई मन पर्ने किन्न पाउने हुदाँ सेकेन्डह्यान्ड गाडीको बजार फस्टाउँदै गएको हो ।
अहिले उपत्यकामा ७० वटाभन्दा बढी सेकेन्डह्यान्ड गाडी बेच्ने कार्यालय खुलेका छन्। मैले सेकेन्ड ह्यान्ड गाडी किनबेच गर्न थालेको १५ वर्ष भयो। अहिले ३ वर्षदेखि थापाथलीमा कार्यालय खोलेर यसकै ब्यापार गरिरहेको छु। यी १५ वर्षमा सेकेन्डह्यान्ड गाडी किन्दा र बेच्दा मैले धेरै कुराको अनुभव गर्न पाएँ। तपाईँ पनि सेकेन्ड ह्यान्ड गाडी खरिद गर्ने सुरसारमा हुनुहुन्छ भने केही सल्लाह र सुझाव दिन चाहन्छु ।
१. तपाइँले ले किन्न लागेको गाडी कतै ठोक्किएको छ कि छैन बुझ्नोस्। दुर्घटनामा परेको भए त्यो गाडी नकिन्नुस्।
२. गाडी सम्बन्धि राम्रो ज्ञान छ भने एक पटक चलाउनुस्। इन्जिनको आवाज कस्तो छ ध्यान दिनुस्। गाडी सम्बन्धि ज्ञान छैन भने सम्बन्धित कम्पनीको वर्कसप वा कुनै जान्नेलाई गएर इन्जिनबारे जानकारी लिनुहोस्।
३. सेकेन्ड ह्यान्ड गाडी किन्दै हुनुहुन्छ भने आफूलाई मन परेको कम्पनीको गाडीको फूल अप्सन नै रोज्नुहोस्।
४. बढीमा ४ वर्षभन्दा पूरानो गाडी नकिन्नुहोस्। भोलि बेच्न परेपनि आफूले किनेको मूल्य उठोस्।
५. अहिले बजारमा २ लाखदेखि सेकेन्ड ह्यान्ड गाडी किन्न पाइन्छ। सस्तो पाएँ भनेर गाडी नकिन्नुहोस्। कन्डिसनमा ध्यान दिनुहोस्।
६. सेकेन्ड ह्यान्ड गाडी किन्दा पछि बेच्नु परेपनि राम्रो मूल्य जाने किन्नुहोस्। बजारमा राम्रफ रिसेल भ्यालु भएको कम्पनी छान्नुहोस्।
७. उपत्यका बाहिर जाने तपाइँको काम परिरहन्छ भने ग्राउन्ड क्लियरेन्स बढी भएको र फोर ह्विल गाडी छान्नुहोस्।। उपत्यका भित्र मात्रै चलाउने हो भने त्यो हेरिरहन जरुरत छैन।
८. गाडी भित्रका सरसामानहरु राम्रोसँग हेर्नुहोस्। कतै टुटेफुटेको पनि हुन सक्छ। साथै गाडीको टायरहरु पनि कत्तिको खिइएको छ, नियाल्नुहोस्। धेरै खिइएको भए त्यसको व्यवस्थापन गरेर मात्र लिनुहोस्।
९. कुनैपनि साधन किन्दा त्यसका आवश्यक कागजात राम्ररी हेर्नुपर्छ।
१०. गाडी किन्नुअघि त्यसको बाहिरी आवरण मात्र नभएर, भित्री भागका साथै गाडी मुनि पनि राम्री जाँच गर्नुपर्छ। यसका साथै लीकेज भए नभएको याद गर्नुपर्छ।
११. छोटो वा लामो दुरी कुनमा चलाउने हो त्यसका आधारमा डिजेल वा पेट्रोल गाडी छान्ने।
– नविनकुमार पारख, प्रोपाइटर, कर्नि अटोमोबाइल प्राइभेट लिमिटेड, थापाथली
९ कार्तिक २०७३, सेतोपाटी, १०।००
वि.सं.२०७३ कात्तिक ९ मंगलवार १२:०३ मा प्रकाशित