
काठमाण्डौँ । सेयर बजार आज मंगलबार पनि दोहोरो अंकले घटेको छ। आज तीन दिनमै सबैभन्दा बढी नेप्से परिसूचक १७.८९ अंकले घटेर १७५१ अंकमा झरेको हो । बजार घट्दै गएपछि कारोबार रकम समेत घट्न पुगेको छ ।
आज बजारमा १२७ कम्पनीको सात लाख ६४ हजार कित्ता सेयर किनेबेच भएको छ। बजारमा जम्मा ७१ करोड ३२ लाख रुपैयाँको मात्र सेयर खरिद बिक्री भएको हो।
बजारमा उच्च गिरावट भए पनि सिभिल बैंक र सिनर्जी फाइनान्स लिमिटेडको सेयर मूल्य भने नौ प्रतिशत भन्दा धेरैले बढेको छ। त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर किनबेच भएको छ। तर सबै भन्दा धेरै एनएमबी बैंकको सेयर मूल्य छ प्रतिशतले घटेको छ।
९ कार्तिक २०७३, ३।३०
वि.सं.२०७३ कात्तिक ९ मंगलवार १५:१५ मा प्रकाशित