काठमाडौ । सानिमा माई हाईड्रो पावर लिमिटेड र एनसिएम मर्चेण्ट बैंकिङ्ग बीच हकप्रद साधारण शेयर निष्काशन गर्ने सम्झौता भएको छ । सानिमा माई हाईड्रोपावरको कार्यालय नक्साल, काठमाण्डौंमा सानिमा माई हाईड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठ र एनसिएम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
हाईड्रोपावर लिमिटेडको २०७३ भदौ ३१ गतेको ५ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे चुक्ता पूँजीको १०० प्रतिशतले हुने १ करोड ०५ लाख ५० हजार रुपैयाँ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको थियो । उक्त हकप्रद निष्कासनको लागि कम्पनीले एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।
हकप्रद शेयर निष्काशन पश्चात हाईड्रोपावर लिमिटेडको जारी तथा चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित मितिः २०७३ कार्तिक ९
वि.सं.२०७३ कात्तिक ९ मंगलवार १८:४५ मा प्रकाशित