
काठमाण्डौं । प्राइम कमर्सियल बैंकको नाफा करिव १४ प्रतिशतले बढेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नाफा २५ करोड १० लाख रुपैयाँ गरेको हो। बैंकले एक बर्षको अवधिमा कर्जा लगानी १० अर्ब रुपैयाँले बढाउँदै खुद ब्या आम्दानी ३८ करोड रुपैयाँ गरेको छ। यो करिव आठ करोड रुपैयाँको बृद्धि हो।
बैंकको कर्मचारी खर्च भने बढेको छ। बैंकले अघिल्लो बर्ष ४ करो८ ७३ लाख रुपैयाँ कर्मचारीमा खर्च गरेकोमा यसपाली वढेर ६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। बैंकको पुँजी कोष अनुपात ११.३६ प्रतिशत छ भने खराव कर्ज अनुपात केही घटेर १.३२ प्रतिशतमा आएको छ। कम्पनीको प्रति सेयर आम्दानी २७ रुपैयाँ छ।
१० कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक १० बुधवार १०:४० मा प्रकाशित