
कार्तिक । यो सिजनमा एक जना क्यानेडियन नागरिकले अक्सिजन विनानै मनास्लु हिमाल आरोहण गरेका छन् ।
श्वासप्रश्वासको रोगी समेत रहेका क्यानेडिएन नागरिक क्रिस्टोफर जेम्सले अक्सिजन र शेर्पा बिनै मनास्लु हिमाल आरोहण गरेको पर्यटन व्यवसायी राजेन्द्र केसीले जानकारी दिए । । समिट आठ हजार नाम दिएर हिमाल अरोहणमा रहेका क्रिष्टोफर पर्याप्त पूर्व तयारी गरेकाले आफूले अक्सिजन बिनै हिमाल आरोहण गर्न सकेको उनी बताउँछन् ।
८,१५६ मिटर अग्लो मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । ८ हजार मिटर माथिको सबै हिमाल चढ्ने योजनामा रहेको बताउने क्रिस्टोफर विना अक्सिजन सगरमाथाको पनि आरोहण गर्ने दाबी गर्छन ।
भूकम्पपछि पहिलो पटक नेपाल आएका उनले हिमाल आरोहणका क्रममा धेरै हिमपहिरो भेटेको तर जोखिम नरहेको बताए ।
अधारशिविरबाट २२ दिनमा हिमाल आरोहण गरेको बताउने उनी आफू १३ वर्षको उमेर छँदादेखि नै नेपालका हिमाल आरोहण गर्ने सोचाइ बनाएको बताउँछन । गोरखाको उत्तरी सामागाउँ रहेको मनास्लु हिमाल चढ्न बर्षेनी सयौँ व्यक्ति पुग्ने गरेका छन् ।
भूकम्पका कारण केही प्रभाव परेपनि गोरखाको माथिल्लो उत्तरी क्षेत्रमा पर्ने मनोरम मनास्लु क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको छ । हिमाल आरोहणका लागि मात्र नभई विशिष्ट किसिमको सामाजिक सांस्कृतिक परिवेश र भू–दृश्य, दुर्लभ वन्यजन्तुको अवलोकनका लागि समेत यस क्षेत्रमा पर्यटक आउने गरेका छन् ।
प्रकाशित मितिः २०७३ कार्तिक १२
वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १६:४५ मा प्रकाशित