back

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको भिड किन ?

चितवन । गतवर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटकले पनि सास्ती खेपे । कारण चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको सङ्ख्या एकदमै थोरै थियो । तर अब त्यस्तो रहेन । चितवन राष्ट्रिय निकुञ्जका अनुसार असोज महिनामा सात हजार २६४ विदेशीसहित १० हजार १०८ पर्यटक निकुञ्ज भित्रिएका छन् । जसमध्ये ८३६ सार्क देशका छन् भने दुई हजार आठ नेपाली छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार अघिल्लो वर्षको असोज महिनामा चार हजार ५०६ पर्यटक निकुञ्ज भित्रिएकामा विदेशी पर्यटकको सङ्ख्या दुई हजार ४७२ थियो । त्यसैगरी चालु आवको भदौमा ६ हजार ३२ पर्यटक निकुञ्ज भित्रिएका छन् भने अघिल्लो वर्षको भदौ महिनामा दुई हजार १७९ पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका थिए । अघिल्लो वर्षको भदौमा एक हजार ३१३ विदेशी पर्यटक पर्यटक भित्रिएका थिए भने चालु आवको भदौमा चार हजार ७१३ विदेशी पर्यटक भित्रिएका छन् ।

यस वर्षको साउन महिनामा सात हजार ४४२ पर्यटक निकुञ्ज भित्रिएका छन् । जसमध्ये छ हजार ३८ विदेशी छन् भने सार्कका ३६० र नेपाली एक हजार ४४ छन् । अघिल्लो वर्षको साउनमा दुई हजार ६९० पर्यटक निकुञ्ज भित्रिएका थिए । जसमध्ये एक हजार १६३ मात्रै विदेशी रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारीसमेत रहेका अर्याललका अनुसार क्रमिक रुपमा पर्यटक आवागमनमा सुधार हुँदै गएको छ ।

पर्यटन व्यवसायीका अनुसार गतवर्ष भूकम्प र नाकाबन्दीका कारण सुस्ताएको पर्यटन व्यवसाय अहिले सुधारोन्मुख भएको छ ।  सन् २०१४ मा चितवनमा एक लाख ८० हजार भन्दा बढी पर्यटक भित्रिएका थिए । सन् २०१७ मा सोही सङ्ख्यामा पर्यटक चितवन भित्रिने अपेक्षा गरिएको छ ।

मुख्य रुपमा निकुञ्जमा एक सिङ्गे गैँडा, पटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न र हात्ती सफारी गर्न पर्यटक आउने गर्दछन् ।

प्रकाशित मितिः २०७३ कार्तिक १४

वि.सं.२०७३ कात्तिक १४ आइतवार १६:११ मा प्रकाशित

You can share this post!

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...