back

को हुन् उनी, जसले ट्रम्पलाई जिताउन ४० मिलियन डलर चुनाव खर्च गरे !

Kumari bank ad

विश्वकै सर्वाधिक धनीहरुमध्ये १४औं नम्बरमा आउने व्यक्ति हुन् सेल्डन एडेलशन । आफ्नै बलबुँतामा धनी भएका व्यक्तिहरुको सूचिमा उनी १०औं नम्बरमा पर्छन् । फोब्र्स म्यागजिनका अनुसार उनीसँग अहिले ३२ दशमलव २ बिलियन डलर सम्पत्ति रहेकोछ । ८३ वर्षीय यी व्यक्तिको सफलताको कथाले जो कोहीलाई प्रभावित पार्ने गर्छ ।
मानिसहरु सफल हुनका लागि एउटा काममा दत्तचित्त भए लाग्नुपर्छ भन्ने मान्यता राख्ने गर्छन् । तर सेल्डनको जीवनमा यो कुरा लागु भएन । उनको जीवनलाई हेर्दा लाग्छ कि तिमीलाई जे मन लाग्छ जति मन लाग्छ ती सबै काममा हात हाल र हेर तिमीसँग अन्तिम समयसम्म कुन काम बच्छ त्यही काम गर ।
एडेलशनका बाबुले ट्याक्सी चलाउने काम गर्थे भने आमाले सिलाई बुनाईको पसल थापेकी थिइन् । एडेलशनका तीन भाइबहिनी थिए । भाडामा लिइएको कोठामा उनीहरुको बाल्यकाल गुज्रिएको थियो ।
जब उनी १२ वर्षका थिए, तबदेखि नै उनले व्यापारिक आचरण देखाउन सुरु गरेका थिए । उनले आफ्नो काकासँग २ सय डलर मागे । यो पैसा उनले व्यस्त सडकहरुमा पत्रिका बेच्ने काममा खर्च गरे । त्यतिबेला त्यसरी पत्रिका बेच्नका लागि पनि अनुमति चाहिन्थ्यो र यसका लागि केही पैसा तिरेर त्यस्तो अनुमति लिनुपथ्र्यो । जब उनी १६ वर्षका भए तब उनले आप्mनो सानो क्याण्डि बनाउने मेसिन किनिसकेका थिए । जसबाट उनले क्याण्डि बनाउँदै बेच्ने काम गर्थे ।
स्कुलको अध्ययन सकेपछि एडेलशनले सिटी कलेज अध्ययनका लागि भर्ना भए तर बीचमै उनले आफ्नो पढाई छाडे । पहिले उनले कोर्ट रिपोर्टर बन्न अध्ययन गरेका थिए, पछि उनले आर्मीमा पनि आबद्ध भए । त्यसको लगत्तै उनले फेरि नागरिक जीवन जिउन थाले ।
त्यसको केही दकशसम्म उनले विभिन्न क्षेत्रमा हात हाले जहाँ केही सफतला पाए भने कही असफलता पनि पाए । उनले होटलहरुमा बाथरुममा प्रयोग हुने सामानहरु सप्लाई गर्ने काम गरे, कारको सीसाहरु सफा गर्ने सामान बेच्ने कमपनी खोले, उनले बोक्ररका रुपमा पनि काम गरे, आर्थिक मिडियामा विज्ञापन बिक्रेताका रुपमा पनि उनले काम गरे, त्यस्तै रियल स्टेट व्यापारीका रुपमा पनि उनले आफ्नो भाग्य जाँचे । यो समयमा उनले थुप्रै पैसा कमाउँदै गुमाउँदै गरेको उनले बताएका छन् ।
सन् १९७९ मा आएर उनले कम्यूटिङ इन्ड्रस्टिहरुको सभासम्मेलनका लागि ठाउँ जोहो गरिदिने काम गर्न थाले । यसले उनलाई त्यो क्षेत्रमा परिचित पनि गरायो । त्यसको केही समय पछि उनले आफ्नो सानो ठाउँ किने जुन उनले भाडामा दिन थाले । त्यसपछि अरु लगानीकर्ताहरुसँग मिलेर उनले डुब्न लागेको होटल स्याण्ड्स र क्यासिनो किने । यो सन् १९८८ को कुरा हो र पछि त्यसलाई सम्मेलन केन्द्रमा परिणत गरे । त्यसपछि केही वर्षपछि उनले त्यो होटललाई लास भेगसमा विस्तार गरे । त्यस्तै मकाउमा पनि उनले यो होटलको शाखा खोले । लास भेगस स्याण्ड्स होटल सन् १९९४ मा पब्लिक भएपछि उनले पनि बिस्तारै आर्थिक रुपमा माथि उठ्ने मौका पाए ।
त्यसपछि उनले फर्किएर कहिल्यै हेर्नुपरेन । त्यसबाट नै उनी अहिलेका अर्बपतिका रुपमा चिनिन पुगे । अहिले अमेरिकामा भइरहेको चुनावी लडाइँमा डोनाल्ड ट्रम्पलाई साथ दिँदै उनको अभियानमा करिब ४० मिलियन डलरसम्म खर्च गरेको समाचारले उनी र उनकी श्रीमती केही महिना अगाडि देखि अति चर्चामा छन् ।

इरादा पहाडी
एजेन्सीको सहयोगमा, २४ कार्तिक २०७३, ११।३०

वि.सं.२०७३ कात्तिक २४ बुधवार २०:१४ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...