back
NMB ad

१७०० मा अडियो नेप्से,७३ करोडको कारोवार,एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । केही सयमयता लगातार दोहोरो अंकले घटिरहेको सेयर बजार परिसुचक साताको पहिलो दिन आईतबार सामान्य उकालो लागेको छ । दिनभर उत्तरचढाव कायम रहेको बजार अन्तिममा आएर २ दशमलव ८३ अंकले बढेर १७०० कायम हुन पुग्यो ।
बैंकिङ र बीमा समुहको परिसुचक बढेसँगै नेप्सेमा सामान्य टेवा पुगेको हो । बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २ दशमलव ७ अंकले बढ्दा बीमा समुहको परिसुचक ३८.८८ अंकले उकालो लागेको छ । यसैगरी बजारमा विकास बैंक, फाइनान्स र अन्य समुहका परिचुक पनि सामान्य उकालो लागेका छन् ।

आइतबार कुल १ सय ३७ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ७३ करोड २१ लाख रुपैयाँ बरावरको ८ लाख ६२ हजार कित्ता सेयर खरिदविक्री भएका छन् ।
कारोबारका आधारमा हेर्दा, एभरेष्ट बैंकमा लगानीकर्ताको बाक्लो आकर्षण रहेको देखिएको छ । आइतबार एकैदिनमा एभरेष्ट बैंकको २० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसबाहेक, सिभिल बैंकको चार करोड माथिको कारोबार हुँदा शिखर इन्स्योरेन्सको तीन करोड २० लाख रुपैयाँको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंक र बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड ९० लाखमाथिको कारोबार भएको छ । कुमारी बैंकको पनि दुई करोडमाथिको कारोबार भएको छ । एनएमबी बैंक, नबिल बैंक, एसबीआई बैंक, सिद्धार्थ बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २८

वि.सं.२०७३ कात्तिक २८ आइतवार १५:४९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...