
काठमाण्डौं । व्यवस्थापिका संसदले हिजो सोमबार सांसदहरुको सेवा सुविधा सम्बन्धि विधेयक सर्वसम्मतले स्वीकृत गरेको छ । प्रस्तावित विधेयक पारित भएसँगै उनीहरुको पारिश्रमिक ७० हजार ५ सय ७८ बाट बढेर ९८ हजार २ हजार ३० रुपैयाँ पुग्नेछ ।
संघीय संसद्का सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक, भत्ता, आवास सुविधा बढाउन प्रस्ताव गरिएको छ। त्यस्तै सभामुख उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहित पदाधिकारीहरुको समेत सुविधा बढाउन प्रस्ताव विधेयकमा गरिएको छ।
२०५२ सालबाट सांसदहरुको सेवा सुविधा वृद्धि नभएकोमा सरकारले सेवा सुविधा परिमार्जन गर्न विधेयक ल्याएको हो।
३० कार्तिक २०७३, १२।००
वि.सं.२०७३ कात्तिक ३० मंगलवार १३:३६ मा प्रकाशित