
काठमाण्डौं । पूँजी वृद्धिका लागि मितेरी डेभलपमेण्ट बैंकले जारी गरेको ५० प्रतिशत हकप्रद सेयरको बिक्रीको आज अन्तिम दिन रहेकोछ । बैंकका सेयरधनीले उक्त हकप्रद पाउनका लागि आज बैकिङ् समयभित्रमा आवेदन गरिसक्नु पर्नेछ ।
३० प्रतिशत बोनस प्रस्ताव गरेको मितेरी डेभलपमेण्ट बैंकले १० लाख ५६ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । गत असोज ५ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र मंसिर ५ गतेसम्ममा हकप्रदका लागि आवेदन गर्न पाउनेछन् ।
बैंकको हकप्रद सेयरको आवेदन प्रभु क्यापिटल, कमलादी, मितेरी डेभलपमेण्ट बैंकको मुख्य कार्यालय धरान तथा सबै शाखामा बुझाउन सकिनेछ । २१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ३१ करोड ६८ लाख रुपैंया नाघ्नेछ भने प्रस्तावित बोनस समेत वितरण गरे पछि पूँजी ३८ करोड रुपैंया बढी हुनेछ ।
५ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर ५ आइतवार १२:१० मा प्रकाशित