
काठमाडौ । सानिमा माई हाइड्रोपावर कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
यसका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक अर्ब पाँच करोड ५० लाख रूपैयाँको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रकाशित मितिः २०७३ मंसिर ८
वि.सं.२०७३ मंसिर ८ बुधवार १९:४२ मा प्रकाशित