
काठमाडौ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएदेखि सुनको मूल्य ओरालो लागिरहेको छ । त्यसको प्रभाव नेपाली बजारमा परिनै रह्यो । यो सातामा मात्रै नेपाली बजारमा सुनको भाउ ८ सयले घट्यो । आइतबार तोलाको ५५ हजार रुपैयामा किनबेच भएको सुन साताको अन्तिम दिन शुक्रबार ५४ हजार २ सय रुपैंयामा किनबेच भयो ।
त्यस्तै चाँदी पनि आईतबार ७ सय ८५ मा किनबेच भएको पनि शुक्रबार ७ सय ७५ मा किनबेच भयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार र बुधबार केहि मात्रामा सुनको भाउ बढेपनि यो क्रम निरन्तर जारी हुन सकेन । आगामी एक सातासम्ममा सुनको भाउ नबढ्ने व्यवसायीहरुको अनुमान छ । महासंघका अनुसार डलर एकदमै मजबुत भएपछि सुनको भाउ घटेको हो । अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा परेको हो ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपती ट्रम्पको नीति तथा कार्यक्रम सार्वजनिक नभएसम्म सुनको भबिष्यबाणी गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरुको भनाई रहेको छ ।
प्रकाशित मितिः २०७३ मंसिर ११
वि.सं.२०७३ मंसिर ११ शनिवार १६:११ मा प्रकाशित