back

ककनीमा अन्तर्राष्ट्रिय म्याराथन ४०९ जनाको सहभागिता

Kumari bank ad

काठमाडौँ। विश्वमा भातृत्व जगाउने उद्देश्यले नुवाकोटको ककनीमा आज अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ ।

म्याराथनको अन्तर्राष्ट्रिय संस्था ‘इम्प्याक्ट म्याराथन सिरिज’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित बेलायत, फ्रान्स, बोलिभिया, मरिससलगायत देशका ४०९ धावकको सहभागिता थियो ।

जसमध्ये दुईसय ३४ जना नेपालका तथा बाँकी अन्य मुलुकका थिए । ग्लोबल एक्सन नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा ४२ किमी, २१ किमी र १० किमीगरी तीन विधामा धावक दौडिएका थिए ।

सोमध्ये ४२ किमीको दूरी ककनीदेखि काठमाडौँको शिवपुरीसम्मको थियो । अन्य दूरीको दौड सोही क्षेत्रका गाउँ आसपासमा पूरा भएको थियो ।

म्याराथन दौड प्रतिस्पर्धात्मक नभएर सरकारले ल्याएको दिगो विकास लक्ष्यबारे चेतना जगाउने उद्देश्यले भएको विके श्रेष्ठले बताए । सो कार्यक्रमले नेपालको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुगेको छ ।

११ मंसिर २०७३

वि.सं.२०७३ मंसिर ११ शनिवार १७:४५ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...