
काठमाण्डौं । देशको पहिलो महिला बडीबिल्डरका रुपमा ३१ वर्षीय ननिता आज मंगलबारदेखि थाइल्यान्डको पतायामा हुन लागेको विश्व बडीबिल्डिङ च्याम्पियन्सिपमा सहभागी हुँदैछिन् ।
आफ्नो शरीरलाई ‘मस्कुलर’ बनाउन दुई महिनादेखि उनी नुन पनि नखाई दैनिक ६ घन्टा जीम हलमा आफूभन्दा धेरै तौल उठाइरहेकी थिइन् ।
५ फिट ५ इन्च अग्ली ननिता थाइल्यान्डमा महिला मोडल फिजिक्स समूहमा भाग लिँदैछिन्। विश्वका ५९ राष्ट्रले भाग लिन लागेको यो प्रतियोगिताको आफ्नो स्पर्धामा उनी उत्कृष्ट ५ भित्र प्रवेश गर्ने लक्ष्य लिएकी छिन् ।
१४ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर १४ मंगलवार १२:२७ मा प्रकाशित