back

आईओएम डिनमा जगदीशप्रसाद अग्रवाल नियुक्त

Kumari bank ad

काठमाडौ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डिनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाल नियुक्त भएका छन् । अग्रवाललाई आईओएमको डिनमा नियुक्त गरेको त्रिविका प्रवक्ता भोला ढकालले जानकारी दिए । २१ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीले प्राध्यापक बनेको वरिष्ठताको आधारमा अग्रवाललाई नै डिन नियुक्त हुनुपर्ने अडान राख्र्दै आएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामन्त्री धनीराम पौडेल र त्रिविका उपकुलपति डा.तीर्थ खनियाँलाई अनसनको निकासका लागि वार्ता समितिले भनेअनुसारकै डिन तुरुन्त नियुक्त गर्न निर्देशन दिएपछि अग्रवालको नियुक्ति भएको हो ।

यो सँगै डा.केसीका प्रतिनिधि र सरकारी पक्षबीच वार्ताले शनिबार साँझसम्ममा केसीको अनसनको निकास निस्किने सम्भावना बढेर गएको छ । केसीको जीवनरक्षाका लागि भन्दै आईओएमका डिन केपी सिंहले शुक्रबार नियुक्ति भएको २० दिनमा राजीनामा दिएका थिए ।

प्रकाशित मितिः २०७३ मंसिर १८

वि.सं.२०७३ मंसिर १८ शनिवार १९:४३ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...