चीनमा कोइलाखानीमा विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ । चीनको हेइलोङजिआङ क्षेत्रमा भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको चिनियाँ सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।
शुक्रबार साँझ ९ बजेकोे समयमा क्विताइहे सहरमा एक निजी कोइला खानीमा विषफोट भएपछि उक्त ठाँउमा २२ जना खानीभित्र थुनिएका थिए ।
मृतकका शव तथा केही जिवित कामदारलाई खानी बाहिर ल्याउने प्रयासस्वरुप उद्धारकार्य जारी राखिएको चिनियाँ अधिकारीले बताएका छन् ।
प्रकाशित मितिः २०७३ मंसिर १८
वि.सं.२०७३ मंसिर १८ शनिवार २२:११ मा प्रकाशित