
काठमाण्डौं । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो मूल्य समायोजन गरेकोछ । ७ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको यस कम्पनीले मूल्य समायोजन गरेको सूचना नेप्सेले दिएकोछ ।
बुटवल पावर कम्पनी लिमिटेड अर्थात् वीपीसीएलले ७ प्रतिशत बोनस सेयरका लागि प्रति सेयर ६ सय १२ मूल्य कायम गरेकोछ । यसको आधार मूल्य भने ६ सय ५६ रहेको थियो ।
२० मंसिर २०७३, १०।३०
वि.सं.२०७३ मंसिर २० सोमवार १६:३५ मा प्रकाशित