back

सर्वसाधारणलाई ११ अर्बको सेयरः माथिल्लो तामाकोसीको ८२ प्रतिशत कार्य सम्पन्न !

Kumari bank ad

काठमाडौ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको र ८२ प्रतिशत काम सम्पन्न भएको बताईएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको थियो ।

कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनालाई तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत कात्तिक २३ गते स्थलगत अवलोकन गरी निर्देशन दिएपछि आयोजनाको कामले गति लिएको हो ।

प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमार्फत राष्ट्रिय गौरवका आयोजनाको आफैँ निरीक्षण गर्ने निर्णय गरेका छन् । सोही निर्णय बमोजिम माथिल्लो तामाकोसीको स्थलगत अवलोकन गर्दै तोकिएको समयभन्दा छ महिना पहिले सम्पन्न गरे सरकारले पुरस्कृत गर्ने बताएका थिए ।

प्रवक्ता न्यौपानेका अनुसार सो आयोजनाको ८२ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका लागि सुनकोसी नदीमा डाइभर्सन बनाएर सामान ल्याउने तयारीमा आयोजना रहेको छ । “विद्युत्गृहको काम पनि अन्तिम चरणमा पुगेको छ,” प्रवक्ता न्यौपानेले भने । – “आयोजना आव २०७४/७५ मा सम्पन्न हुन्छ ।”

पूर्णरुपमा स्वदेशी लगानीमा निर्माण भइरहेको सो आयोजना गत वर्षको गोरखा भूकम्प र भारतीय नाकाबन्दीका कारण छ महिनाभन्दा बढी समय अवरुद्ध भएको थियो । यस्तै प्रसारण लाइनको कुल १२७ वटा टावरमध्ये ९६ वटा टावरको फाउन्डेसनको काम सम्पन्न भएको छ भने आधाभन्दा बढी टावरमा तार तान्ने काम भइरहेको छ ।

सरकारले उक्त आयोजनामा सहिद परिवार र विपन्न नागरिकलाई समेत सेयर उपलब्ध गराउने तयारी गरेको छ । स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्रीले सरकारको रु ११ अर्ब रकम सेयरमा बदल्ने तयारी गरेको बताएका थिए ।
अर्थमन्त्रालयले समेत प्रभावकारी रुपमा अगाडि बढेका आयोजनालाई रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २१

वि.सं.२०७३ मंसिर २१ मंगलवार २०:४३ मा प्रकाशित

You can share this post!

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...