back
NMB ad

कक्षा ११ को परीक्षाफल प्रकाशित,३९.६३ प्रतिशत उत्तीर्ण

Kumari bank ad

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । परीक्षामा एक लाख सात हजार ९९५ विद्यार्थी सहभागी भएकामा ४२ हजार ७९९ उत्तीर्ण भएका छन् ।

विगतका वर्षमा कक्षा ११ को नियमित र आंशिकको नतिजा एकै पटक प्रकाशन गरिए पनि यस पटक भने नियमित परीक्षाको नतिजाभन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको अर्यालले बताए । उनले भने “एकै पटक नतिजा सार्वजनिक गर्दा कक्षा १२ पास भएका तर कक्षा ११ मा एक वा दुई विषयको आंशिक परीक्षा दिएका विद्यार्थीले माथिल्लो तह पढ्न अर्को एक वर्ष पर्खनुपर्ने भएकाले आंशिकको नतिजा छिटो सार्वजनिक गरेका हौँ ।”

कक्षा १२ उत्तीर्ण भइसकेका तर कक्षा ११ को आंशिक परीक्षा दिएका परीक्षार्थीमध्ये उत्तीर्णले अब स्नातक तह अध्ययन गर्न पाउने छन् । कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल भने आगामी पुस १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २१

वि.सं.२०७३ मंसिर २१ मंगलवार २०:५६ मा प्रकाशित

You can share this post!

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख २ आइतवार १०:४७

काठमाडौं । साताको तथा नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार...

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान   

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान   

वि.सं.२०८१ वैशाख २ आइतवार १०:४०

काठमाडौँ, २ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने...

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख २ आइतवार ०९:०७

गोदार (धनुषा), २ वैशाख : तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा...

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी   

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २ आइतवार ०८:५८

काठमाडौँ, २ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

आज २ बैशाख २०८१ आइतवार, कस्तो छ आजको राशिफल ?

आज २ बैशाख २०८१ आइतवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २ आइतवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र   

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र   

वि.सं.२०८१ वैशाख १ शनिवार २१:२६

म्याग्दी, १ वैशाख: दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने...