काठमाडौ । साना किसान विकास बैंकले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई उक्त बोनस शेयर र कर प्रयोजनको लागि १.३१६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सर्वसाधाणलाई वितरण गरिनेछ ।
प्रकाशित मितिः २०७३ मंसिर २२
वि.सं.२०७३ मंसिर २२ बुधवार २१:१८ मा प्रकाशित