
काठमाडौ । नेपाल एसबीआई बैंकले पहिले प्रस्ताव गरेभन्दा १३ रुपैंया घटाएर अर्थात् एफपीओ भाउ घटाएर प्रतिकित्ता ९ सय ७१ रूपैयाँ कायम गरेको छ । यसअघि २८४ रुपैंया प्रस्ताव गरेकोमा बैंकको ४०१ औं बोर्ड बैठकले पुनः मूल्य परिमार्जन गरेको हो । धितोपत्र बोर्डको दिएको निर्देशन अनुसार भाउ घटाइएको बैंकले जनाएको छ । धितोपत्र बोर्डले एफपीओ मूल्य तय गर्ने नयाँ मापदण्ड बनाएसँगै सोही मापदण्ड भित्र रहेर भाउ तय गर्न निर्देशन दिएपछि बैंकले संशोधन गरेको हो ।
१ सय ८० दिनको औसत मूल्यका आधारमा प्रस्तावित भाउ पुनः संशोधन गर्नुपरेको बैंकले जनाएको छ । एसबीआई बैंकले प्रिमियम मूल्यमा ६७,७६७.८७ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
सूचना हेर्न नेपाल एसबिआई बैंक को यो लिंक खोल्नुहोस् ।
प्रकाशित मितिः २०७३ मंसिर २४
वि.सं.२०७३ मंसिर २४ शुक्रवार २०:३६ मा प्रकाशित