काठमाण्डौं । दक्षिण कोरियाको संसदले भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्क गियुन हायविरुद्ध महाअभियोग प्रस्ताव पास गरेको छ । प्रस्ताव पास भएसँगै गियुन पदमुक्त भएकी छन् । अब तत्कालका लागि राष्ट्रपतिको कार्यभार पनि प्रधानमन्त्री हुवान कियो आनले सम्हाल्नेछन् ।
संसदमा भएको मतदानमा २३४ ले महाअभियोगको पक्षमा मत दिएका छन् । ५६ भोट मात्र विपक्षमा परेपछि पार्ककै पार्टीका केही सांसदले समेत महाअभियोगको पक्षमा मतदान गरेको देखिएको छ ।
भ्रष्टाचारको आरोप लागेपछि कोरियाका सडकहरुमा राष्ट्रपतिको राजीनामा माग गर्दै हजारौंले प्रदर्शन समेत गरेका थिए । र, यो विवाद पार्क र उनका निकट विश्वासपात्र चोई सोन सिलसँग जोडिएको छ । पार्कका निर्णयमा सिलको प्रभाव रहने गरेको आरोप छ ।
२४ मंसिर २०७३, एजेन्सीको सहयोगमा, ३।००
वि.सं.२०७३ मंसिर २४ शुक्रवार २१:०७ मा प्रकाशित