back

औद्योगिक ग्रामको आवश्यकता किन ?

Kumari bank ad

खोटाङ। खोटाङमा औद्योगिक ग्राम स्थापनाका लागि स्थलगत अध्ययन सुरु गरिएको छ ।
विभिन्न स्थानमा छरिएर रहेका घरेलु तथा साना उद्योगलाई एउटै थलामा ल्याएर एकीकृत रुपमा सञ्चालन गर्ने उद्देश्यले स्थापना गर्न लागिएको औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन सुरु गरिएको हो ।

औद्योगिकग्रामका लागि आवश्यक पर्ने जग्गा, पानी, विद्युत् र सहरीकरणको सम्भावनाका विषयमा अध्ययन थालिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ खोटाङका अध्यक्ष रामबहादुर राईले बताए ।

नेपाल सरकारको लगानीमा स्थापना गर्न लागिएको औद्योगिक ग्रामका लागि दिक्तेल नगरपालिकाको वात्तल र तालखर्क तथा पाथेका गाविसको ठूलोबारी आसपासको सम्भाव्यता अध्ययन गरिएको छ । पिकासो कन्सलटेन्सी प्रालि काठमाडौँका इ मण्डु अधिकारीसहितको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदन कार्यालयमार्फत उद्योग मन्त्रालयमा पठाइने घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय खोटाङका निमित्त प्रमुख दिनेशकुमार राईले जानकारी दिए ।

प्रकाशित मितिः २०७३ मंसिर २५

वि.सं.२०७३ मंसिर २५ शनिवार २०:२१ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...