back
Ncell Banner Ad

अब एमालेको सदस्यताका लागि पनि लिखित परीक्षा,आईतबार ४ सयभन्दा बढि परिक्षार्थी सामेल हुँदै !

चितवन । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाललेले सदस्यताका लागि परीक्षा लिने व्यवस्था गरेको भन्दै यसको सुरुआत चितवनबाट हुन लागेको जानकारी दिएकी छिन् । नेकपा एमाले चितवनले भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् ।

चितवनमा आइतबार एमालेले पार्टी सदस्यताका लागि परीक्षा लिने भएको छ । कम्युनिष्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक भएकाले परीक्षाको थालनी गरेको र यसलाई देशभरी नै अभियानको रुपमा लैजाने उनले बताइन् ।

सो अबसरमा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले एमालेको विधानअनुसार सदस्यताका लागि परीक्षा लिन लागेको चितवन जिल्ला पहिलो भएको दाबी गरे । परीक्षाका लागि एक हजार ४०० भन्दा बढीले नाम दर्ता गराएकोे पनि उनले जानकारी गराए । परिक्षाका लागि लिखित रुपमै वस्तुगत प्रश्नपत्र बनाइएको एमाले चितवनले जनाएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २५

वि.सं.२०७३ मंसिर २६ आइतवार ०१:४७ मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २३ आइतवार २१:०७

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

वि.सं.२०८१ भदौ २३ आइतवार २०:५३

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:३५

काठमाडौँ, २३ भदौः त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा...

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२६

सिबी अधिकारी काठमाडौँ २३ भदौः सन् २०१९ मा करिब १२...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२०

काठमाडौँ, २३ भदौ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर...

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...