back
SKIP
Prabhu Bank Road Block Ad

डेढ करोडको अलैंची बिक्री हुन नसक्दा किसान मारमा

Kumari bank ad

सोलुखुम्बु । चौलाखर्क र गोली गाविसमा उत्पादन भएको अलैँची बिक्री हुन नसक्दा किसान मारमा परेका छन्। यस वर्ष १५ किलो मात्र उत्पादन भएको अलैंची मुस्किलले हजार रुपैयाँमा पनि बिक्री नभएपछि किसान मारमा परेका हुन् ।

गत वर्ष किसानबाट खरिद गरेको अलैँची स्थानीय व्यापारीले अझै बिक्री गर्न सकेका छैनन्। स्थानीय व्यापारी डम्बरबहादुर बस्नेतका अनुसार पहिलाकै अलैँची मौज्दात भएका कारण यस वर्ष उत्पादन भएको अलैँची बिक्री हुन सकेको छैन।

गत वर्ष ती गाविसमा ३२ हजार किलो अलैँची उत्पादन भएकामा यस वर्ष १५ हजार किलो मात्र उत्पादन भएको बस्नेतले बताए। गत वर्ष व्यापारीले किसानबाट प्रतिकिलो दुई हजार ३०० देखि दुई हजार ४०० सम्ममा खरिद गरेको अलैँची यस वर्ष मुश्किलले प्रतिकिलो एक हजारका दरले बिक्री भइरहेको छ।

गत वर्ष मूल्य बढ्ने आशामा जेठ महिनासम्म अलैँची घरमै थन्काएर राखेका चौलाखर्कका अलैँची किसान सुरथबहादुर बस्नेत बताउँछन्। एक हजार र पाँच सयका भारतीय नोटको प्रतिबन्धपछि अलैँची किनबेचमा कमी आएको उनको भनाई छ।

“अलैँची बिक्री नहुँदा घरायसी आवश्यकता पूरा गर्न समस्या भएको छ,” बस्नेतले भने। चौलाखर्कमा अधिकांश किसानले धान फल्ने खेत मासेर अलैँची रोपेका थिए । खोल्सा खोल्सी र पानी लगाउन मिल्नेजति पाखा बारीमा पनि अलैँची खेती गरिएको छ । जिल्लाको गोली, गुदेल, बासालगायत गाविसमा पनि अलैँची खेती विस्तार हुँदै गएको छ।

३० मंसिर २०७३, १।३०

वि.सं.२०७३ मंसिर ३० बिहीवार १९:४७ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...