back

धुर्मुस सुन्तलीको पाईलोसँगै मुसहरको मुहारमा खुसी नै खुसी !

Kumari bank ad

बर्दिवास । “हामी मुसहरले पनि राम्रो ओत पाउने गरी बस्न पाउने दिन आउनेभयो” यो महोत्तरी जिल्लाको बर्दिवास–२ मुसहर बस्तीमा सबैजसो मुसहरको अहिले सुनिने साझा टिप्पणी हो । हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले गत मङ्गलबार सो बस्तीलाई एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेयता रोग, भोक र अशिक्षाले रुमल्लिएको सो बस्तीका मुसहर अहिले खुसी भएका छन् ।

धुर्मुस–सुन्तलीको घोषणायता बस्तीमा दिनहुँजसो रमाइलो गर्दै आएका मुसहरले पराले भुप्रोबाट कहिल्यै मुक्ति पाउने नसोचेको कुरा अब हुन लागेको बताएका छन् । “हामी दिनहीनलाई सम्झने पनि कोही होलान् भन्ने सोच्दै नसोचेको कुरा भएको छ” बस्तीकी अगुवा ६५ वर्षीया मानकी सादाले भने–, “अब परिवारका सबैलाई पराले झुप्रोको एउटै कोप्चोमा सुत्नु बस्नुपर्ने अप्ठ्यारो हुने छैन ।”

Musahar Bastima Dhurmus Suntali

गत वर्ष पुस महिनाकै दोस्रो साता आफ्नो बस्तीमा आएका धुर्मुस–सुन्तलीले आफ्ना सिँगाने साना नानीलाई काखमा राखेर खेलाउँदा स्वाङ् पारेको लागेको सम्झँदै मानकीले भने, “चुनावका बेला भोट माग्न आउने नेता पनि हाम्रा नानीलाई सुम्सुम्याउँदै माया गरेको देखाउँथे तर उनीहरुको दर्शन पाउन फेरि अर्को चुनाव आउनुपथ्र्यो । धुर्मुस सुन्तलीले भने हामीलाई बिर्सेका रहेनछन् ।”

पछिल्लो समाचारले दङ्ग परेका मुसहरले यो खुसीमा आफ्नै बस्तीमा रहेको कुलदेवता दिनाभद्री मन्दिरमा जम्मा भएर धुर्मुस सुन्तली फाउन्डेसनको घोषणामा आफूहरुको साथ रहने वाचा पनि गरेका छन् । “हाम्रा पराले भुप्राका ठाउँमा अब खानेपानी, शौचालय, बिजुली र सडकसहितको सुविधाका पक्की घर बन्ने भएका छन्” बस्तीभित्र पुग्ने जोसुकैसँग यो कुरा भन्न नछुटाउने मुसहरले अब बल्ल आफ्नो समृद्धिको कल्पना गर्न थालेको सो बस्तीको उत्थानका लागि धुर्मुस सुन्तलीसँग समन्वय गर्दै आएका सामाजिक अभियानकर्मी राजकरण महतो बताउछन् ।

प्रकाशित मितिः २०७३ पुस ९

वि.सं.२०७३ पुस ९ शनिवार १४:४५ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...