
धादिङ। धादिङबेंसीमा यही पुस ७ गतेदेखि सञ्चालित धादिङ महोत्सवमा सल्यानटारको मास, झार्लाङको आलु र लेकाली भटमासले चर्चा पाएको छ । विशेष कृषि प्रदर्शनी आकर्षणको केन्द्रका रुपमा रहेको छ । बेमौसममा उत्पादन भएका बाली तथा हस्तकला, पर्यटन, स्थानीय उद्योगका सामग्री केही कक्षमा पनि भिड लागेको आयोजक समिति सचिवालयका रोहित भण्डारीले जानकारी दिए ।
यही पुस १७ गतेसम्म चल्ने महोत्सवमा रहेका दुई २१ कक्षमध्ये भारतका व्यवसायीका कक्ष पनि छन् । महोत्सवमा अचार, कपडा, खेलौना, बदाम बिक्री गर्ने भारतीयको पनि बाहुल्य रहेको छ ।
प्रकाशित मितिः २०७३ पुस १०
वि.सं.२०७३ पुस १० आइतवार १५:३८ मा प्रकाशित