back

९१ जना चढेको बिमान दुर्घटना !

Kumari bank ad

चालक दलका सदस्यसहित ९१ जना यात्रु बोकेर सिरियातर्फ गईरहेको रसियाको एक विमान ‘ब्ल्याक सि’मा दुर्घटनागस्त भएको छ । रसियाको दक्षिण सहर सोचीमा अवस्थित विमानस्थलबाट स्थानीय समयाअनुसार ५ः४० मा उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटर ) बाट सम्पर्क बिहीन भएको थियो ।

यस विमानमा आठ जना चालक दलका सदस्यसहित ९१ जना व्यक्ति सवार रहेका थिए । सो विमान तटीय सिरियाली सहर लताकियाको बाहिरी इलाकामा रहेको रसियाली, सैन्य शिविरतर्फ गईरेहको थियो । रुसको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार टियु–१५४ विमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह र केही पत्रकारसमेत रहेका थिए ।

सिरियाको लताकिया सहरको बाहिरी इलाकामा रहेको रसियाली सेनाको समूहलाई नयाँ बर्षको कार्यक्रम मनाउनको लागि सांगितिक समूहसमेत साथमा लगेका जनाइएको छ । सो मन्त्रालयका अनुसार विमानको भग्नावशेष तटीय सहर सोचीदेखि १.५ किलोमिटर टाढा ब्ल्याक सिमा भेटिएको हो । ब्याल्क सिमा ५० देखि ७० मिटर गहिराइमा सो भग्नावेशेष भेटिएको बताइएको थियो । खोजी र उद्धार, समूहलाई आइतबार विहान सबेरै नै परिचालन गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः २०७३ पुस १०

वि.सं.२०७३ पुस १० आइतवार १५:४५ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...