back
NMB ad

कतै तपाईले पनि सेयर भरेर लाभांश लिन बिर्सनुभएको त छैन ? एकपटक यो पढ्नुहोस्

Kumari bank ad

काठमाण्डौं । सर्वसाधारणमा सेयर जारी गरेका १२ संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालयको निर्देशन अनुसार लगानीकर्ताले नलगेको पाँच वर्ष पुरानो लाभांशको विवरण पेश गरेका छन् ।

‘हामीले १ महिनासम्ममा यस्तो विवरण पठाउन भनेका हौं, हालसम्म १२ संस्थाले ६ करोड ७९ लाख रुपैयाँको लाभांश लान बाँकी रहेको विवरण पठाएका छन्,’ रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले बताए । यो विवरणमा प्राथमिक सेयर निष्कासनमा आवेदन दिएर पनि पाँच वर्षसम्म नपरेको सेयर वापत फिर्ता हुन बाँकी रकम पनि समावेश छ । हाल सर्वसाधारणमा सेयर जारी गरेका २ सय ३२ कम्पनी नेप्सेमा सुचीकृत छन् । अन्य कम्पनीको विवरण पनि मागि रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले बताएको छ ।

८ वाणिज्य बैंकबाट मात्रै ५६ करोड बाँकी

कम्पनी रजिष्ट्रारको कार्यलयमा १२ कम्पनीको मात्रै विवरण पुगे पनि यसरी सेयर लगानीकर्ताले लिन बाँकी लाभांश ठूलो परिमाणमा रहेको देखिन्छ । सञ्चालनमा रहेका २८ मध्ये गत आव ०७२र७३ को साधारण सभा सकेका ८ वाणिज्य बैंकबाट मात्र लगानीकर्ताले ५६ करोड २४ लाख रुपैयाँ बराबरको लाभांश लैजान बाँकी रहेको उनीहरुको बार्षिक वित्तीय विवरणबाट देखिन्छ ।

अघिल्लो आव २०७१/७२ मा माथिका ८ बाहेक नेपाल टेलिकम सहित २२ कम्पनीबाट लगानीकर्ताले लैजान बाँकी रहेको रकम ८५ करोड रुपैयाँ रहेको थियो । कतिपय संस्थाले भने लाभांश लान १र२ वर्ष बाँकी भएको विवरण समेत उल्लेख गरेकोले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण नपुगेसम्म यति नै रकम पाँच वर्ष पुरानो हो भनेर यकिन गर्न सकिने अवस्था भने छैन् । तर पनि सुचीकृत सबै संस्थाको लान बाँकी पाँच वर्ष पुरानो यस्तो लाभांश अर्ब माथि पुग्ने सम्भावना भने रहेको छ ।

रकम लिन आउनेले फिर्ता पाउने

यस्तो रकम लगानीकर्ता संक्षरण कोषमा राखिने र यो पुँजी बजार विकासमा, लगानीकर्तालाई तालिम दिन, उनीहरुको हितमा लगाउनेदेखि नियमक निकायका कर्मचारीहरुको क्षमता विकासलगायतमा पनि खर्च गर्न सकिने प्रावधान छ ।

लगानीकर्ताले नलगेको रकम लगानीकर्ताको सम्पत्तिमाथिको अधिकार हुने भन्दै यस्तो रकम प्रयोग नगर्न धेरै लगानीकर्ताले आग्रह गर्दै आएका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयले पनि बिगतका दिनमा यही कारण यो पुँजी कोषमा ल्याउन सकिरहेको थिएन । अहिले पनि यो पुँजीको प्रत्यक्ष प्रयोग भने उल्लेखित कार्यहरुका लागि नहुने भएको छ ।

‘हामी यसरी उपलब्ध हुने पुँजी नै मासिने गरेर खर्च गर्दैनौं, यसरी जम्मा हुने पुँजी बैंकमा मुद्दति निक्षेपमा राखिने र त्यसबाट प्राप्त हुने व्याज मात्र खर्च गर्ने योजना छ,’ रजिष्ट्रार श्रेष्ठले उल्लेख गरे । कोषमा रकम जम्मा भएपछि पनि लगानीकर्ताले आफ्नो नाममा रहेको यस्तो लाभांश फिर्ता लिन आएमा कम्पनी रजिष्ट्रारको कार्यालयले दिने सोच बनाएको छ । भारतमा पनि यसरी भुक्तानी हुन नसकेको लाभांशलाई संरक्षण कोषमा राखिने व्यवस्था छ ।

किन लैजाँदैनन् लाभांश र?

सिटिजन्स बैंकले पाँच वर्ष भएर पनि लाभांश लिन नआएकाहरुको नामावली नै वेबसाइटमा सार्वजनिक गरेको छ । यो सुचीमा हेर्ने हो भने २४ पैसादेखि ३ लाख ८२ हजारसम्म लिन नआएको देखिन्छ । यद्यपि २७ हजारले लाभांश नलिएको देखिने यो सूचीमा अधिकांशले लिन बाँकी रकम १ हजारभन्दा पनि कम छ । १ सय रुपैयाँभन्दा कम रहेको विवरण पनि उल्लेख्य छ ।

बैंकहरुले लगानीकर्ताको खातामा नै यस्तो लाभांश हालिदिने व्यवस्थाको अभावमा पनि यसरी लिन बाँकी रकम जम्मा भइरहेको गरेको छ । लाभांशभन्दा गाडी भाडा नै धेरै लाग्ने जस्ता कारणले पनि लाभांश लिन आउने गरेको पाइदैन् ।

विदेशमा रहेकाहरुको, सेयरमा लगानी गर्ने व्यक्तिको मृत्यु भएर यसबारे जानकारी नहुने परिवारको पनि यस्तो लाभांश छुट्ने गरेको छ ।

पछिल्लो समय भने धितोपत्र बोर्डले लगानीकर्ताको खातामा नै नगद लाभांश हालिदिन निर्देशन दिएकाले यसमा केही कमी हुने अपेक्षा गर्न सकिन्छ । त्यस्तै सेयरमा आवेदन दिँदा समेत बैंक खाता अनिवार्य गरिहेकाले नपरेको सेयर रकम पनि खातामा नै जाने व्यवस्था भइरहेको छ, यसले पनि लगानीकर्ताले भुक्तानी लिन बाँकी रहने समस्या क्रमशः घट्दै जाने देखिन्छ ।

२२ पुस २०७३, अनलाईनखबर, ११।००

वि.सं.२०७३ पुस २२ शुक्रवार ११:५२ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...