back
NMB ad

बुढीगण्डकी आयोजनाः सरकारले भन्यो बैंक खाता खोल्नका लागि लालपूर्जा दिनुस् !

Kumari bank ad

गोरखा। बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट लालपुर्जा सङ्कलन गरिएको छ, मुआब्जा समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने, अहिलेसम्म ९६ जनाको बैंकमा शून्य मौज्दातमा खाता खोलिसकिएको छ ।

बूढीगण्डकी प्रभावितमध्ये ४२ जनाको लालपुर्जा सरकारलाई प्राप्त भइसकेको र ती सबैको नाममा बैंकमा खाता पनि खोलिसकिएको छ” उनले भने, “केही दिनमा प्रभावितको खातामा रकम पठाउँछौँ ।”

आयोजनाको सिउरेनीटारमा रहेको कार्यालयका कर्मचारीलाई जतिसक्दो छिटो प्रभावित बासिन्दाको लालपुर्जा सङ्कलन गर्न र बैंक खाता खोल्न पनि निर्देशन दिइसकिएको प्रजिअ बस्नेतले बताए ।

पहिलो चरणमा तीन गाविसका करिब एक हजार जनालाई मुआब्जा वितरण गर्ने तयारी सुरु गरेपनि ती मध्ये करिब दुई सय जनाले मात्र मुआब्जा पाउँ भन्दै निवेदन दिएका छन् । पुनर्वासको टुङ्गो नलाग्दा मुआब्जाका लागि निवेदन नदिएको बताइएको छ । रासस

प्रकाशित मितिः २०७३ फागुन ११

वि.सं.२०७३ फागुन ११ बुधवार १३:५१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...