काठमाण्डौं । आज आइतबार सेयर बजार सुचक करिव २५ अंकले उक्लिएको छ भने कारोबार रकम ६१ करोड रुपैयाँ नाघेको छ । दिनभरीमा १४१ कम्पनीका करिब १२ लाख कित्ता सेयर किनबेच भएका छन् ।
आज अन्य बाहेक सबै उपसुचकहरु बढेका छन् । बैंकिङ २३.१४, होटेल ४७.९३, विकाश बैंक समूह २४.९८, जलबिद्युत १७.५५, फाइनान्स ७.०७, इन्स्योरेन्स २२६.०२, उत्पादन मुलक २१.७९ अंकले बढेका छन् भने अन्यमा ०.२९ अंकको गिरावट देखिएको छ ।
आइतबार तीन कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आरएसडिसी लघुवित्त, नेरुड़े लघुवित्त र एनबि इन्स्योरेन्सका सेयर धनीले करिब १० प्रतिसत कमाएका हुन् भने गुहेश्वरी मर्चेन्ट बैंकका सेयाधनिले करिब चार प्रतिसत गुमाएका छन्।
२२ फागुन २०७३, ३।४५
वि.सं.२०७३ फागुन २२ आइतवार १६:१३ मा प्रकाशित