back
NMB ad

२६ दलले पाए पुरानै चुनाव चिह्न, हेर्नुहोस् मतपत्रमा कसको चुनाव चिह्न कति नम्बरमा ?

Kumari bank ad

काठमाडौ। स्थानीय तहको निर्वाचनमा व्यवस्थापिका संसदमा भएका २६ राजनीतिक दलले पुरानै चुनाव चिह्न पाउने भएका छन् । साथै २६ दलले संविधानसभा २०७० को चुनावमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रम निर्धारण गरिएको छ ।

संसदका ३० दल मध्ये राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बनेको छ भने मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेको छ । संसदमा एक सिट भएको विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरिसकेको छ । नेपाः राष्ट्रिय पार्टी भने आयोगमा दर्ता नै नभएको आयोगले जनाएको छ ।

बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आइतबार साँझबाट मतपत्र छपाई सुरु गर्दैछ । आयोगले डेढ करोढ बढी मतपत्र छाप्ने छ र यो काम पूरा गर्न करिब ४२ दिन लाग्ने अनुमान छ ।

आयोगको निर्णयमा लेखिएको छ, ‘मतपत्रमा निर्वाचन चिह्नको क्रम निर्धारण गर्दा व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेका मतसंख्याको आधारमा मतपत्रमा निर्वाचन चिह्न को क्रम निर्धारण गर्ने ।’

यस अनुसार मतपत्रमा पहिलो नम्बरमा कांग्रेसको चुनाव चिह्न हुनेछ । दोस्रो नम्बरमा एमाले, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा र पाँचौं नम्बरमा संघीय समाजवादी फोरमको चुनाव चिह्न परेको छ ।

यसअघि निर्वाचन आयोगमा दल दर्ता भएको क्रमअनुसार चुनाव चिह्नको क्रम निर्धारण गर्दथ्यो । यसबाट आयोगमा कुन दल पहिले दर्ता भएको भन्ने विवाद हुन्थ्यो । दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र एमाओवादीबीच आफूले पहिले आयोगमा दल दर्ता गराएको भन्ने दाबीका कारण विवाद भएको थियो ।

कुन दलको चुनावचिन्ह कति नम्बरमा भन्ने हेर्न यो लिंक खोल्नुहोस्, मतपत्र चुनावचिन्ह

प्रकाशित मितिः २०७३ चैत ६

वि.सं.२०७३ चैत ६ आइतवार १४:४१ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...