back
Mega Long Ad

अवस्य धिक्कार्नेछन् ती आमाहरुलाई जन्मिन नपाइ निमोठिन बाध्य भ्रुणहरुले !

कुरा अलि अगाडीको हो , शनिवारको ड्युटी थियो। एकजना ३४/३५ बर्षकी दिदी–बहिनी भिडियो एक्सरे हुन्छ भन्दै आए ? मैले त्यतिबेलै भने, दिदी धन्न अलिकतिले मात्र नत्र डाक्टर निस्कनै लाग्नुभएको थियो भने । त्यसपछि केही आनन्दको सास फेरे जस्तै गरेर यताउता हेर्दै अलि सानो स्वरले उनले सोधिन, डाक्टरले छोराछोरी के छ त भनिदिनु हुन्छ नि ? मैले तुरुन्त यो अबैधानिक भएकोले हाम्रोमा यस्तो सेवा नभएको बताए।

तुरुन्तै उनको अनुहारमा निराशाको बादल मडारिन थाल्यो । अनि अन्त कतै भए नि मिलाइदिन आग्रह गर्न थालिन् । मैले त्यस्तो कतै थाहा नभएको बताए। अनि सारै खुल्दुली भएर सोधें किन हेर्न खोज्नु भएको छोरा कि छोरी ? जे भए नि आखिर एउटै त हो नि अहिलेको जमानामा भनेर भनें। मेरो यति भनाइ नि नसकिंदै आँखाबाट आँसु झार्दै बहिनी भनाइ र व्यबहारमा धेरै फरक हुने रहेछ।

अनि फेरी सोधेः किन र दिदी, के भयो किन रुनुभएको ? भन्नू न !
त्यसपछि उनले सायद मनको बह हलुका हुन्छ भनेर होला आफ्ना कुरा खोलिन्। उनी काठमाडौको राम्रै घरकी बुहारी रहिछिन् । पहिलो सन्तान छोरी जन्मिएको रहेछ । छोरी नजन्मिदासम्म त सासू ससुरा , श्रीमान र देवरको राम्रै मायापाएकी रहिछिन् । सासुलाइ पहिलो सन्तानका रुपमा नाति चाहिए पनि धेरै बर्ष पछि छोरीको आगमन भएकाले अब अर्को त नाति भैहाल्छ नि भन्दी रहेछिन् । उती छोरी जन्मेको १ बर्षमा फेरि गर्भवती भइछिन् । सासुले ज्योतिषलाई देखाउदा छोरा हुन्छ भनेछन्, अनि सासुले बुहारीलाई स्याहार गर्न कुनै कसर बाँकी राखिनछिन् ।

त्यो बच्चाले यो धर्तीमा जन्म लियो, तर सासू अनि घरपरिवारले सोचेजस्तो नाति होइन, नातिनीको रुपमा। त्यसपछी सुरु भएछ, उनको अपहेलित हुने दिन । ती दिदी फेरी त्यो नानी १ बर्षको नहुदै फेरि गर्भवती भैछिन् , घरलार्इ नाति दिने आशमा !

अनि सासुको करमा गएर हेर्दा फेरि नि छोरी नै भएको बताइएछ, अनि परिवारकै करकापमा गर्भपतन गर्न बाध्य भएकी रहिछिन् । फेरि अर्को पल्ट पनि उहीँ प्रक्रिया दोहोरिएछ अनि फेरि बाटो गर्भपतनकै भएछ। त्यसपछि घरबाट हेला गर्ने क्रम झन बढेछ ।

आफुप्रति मात्र होइन छोरीहरु प्रति पनि। सम्पन्न परिवारकी छोरी , माइतिको इज्जतको कारण सम्बन्धबिच्छेद पनि गर्न सक्दिनन् रे। यो उन्को पाँचौपटकको गर्भ, यसपाली नि छोरा नभए श्रीमानले अर्को विवाह गर्ने धम्की दिएका रहेछन् । सासुकै आदेशमा उनी गर्भमा के छ भनेर छुट्टाउन हिंडेकी रहिछिन् ।

एउटी सम्पन्न परिवारकी पढेलेखेकी छोरी , बुहारी , उनी मबाट केही सहयोगको आशाले यो सब बताइरहेकी थिइन् । तर म लाचार थिएं। उनको समस्या सुन्नु बाहेक अरु केही उपाय थिएन। कानुनी बाटो नि नबताएको होइन तर माइती अनि घरको इज्जतलाई प्यारो ठानिन उनले। अन्तमा एउटी चेलीले नै सजाय पाउने कस्तो कानुन बनेछ यो देशमा ? भनेर रुदै अनि मलाई रुवाउदै ती दिदी गईन् ।

ती दिदीले अन्त कतै गएर बच्चा छुट्टाएर फेरि गर्भपतन गरिन् वा छोरा नै भएर राखिन् । त्यो त मलाई थाहा भएन, तर सधैं मेरो दिमागमा एउटा प्रश्न घुमिरह्यो । किन बनेन छोरीको जन्म व्यबहार र बोलीमा एउटै ? म एउटा अस्पतालको कर्मचारी । अस्पतालमा यस्ता थुप्रै केशहरु थुप्रै आउँछन् ।, अनि हामीले मिल्दैन भन्दै फर्काउँछौ । तर कँहि न कँहि गएर त होलान् नि ती कलिला भ्रुण हत्या ! आखिर ती भ्रुण हत्या गरिनुमा दोषी को त ?

कति बिबश रहेछन् त नारी ! पढेलेखेका हुँदाहुँदै नि घर र माइतिकै इज्जतको लागि चुपचाप सहनु पर्ने रे ! अनि अहिले के गर्दैनन छोरीले छोराको जसरी ? हुन त मैले छोराले केही गर्दैनन् छोरीले मात्र गर्छन् भन्न खोजेको होइन। समयको माग संङगै धेरै बाबुआमाका सन्तान टाढा छन् । आज , पढाइको बहनामा होस् या कामको । अनि यस्तो बेला जो नजिक छ उस्ले नै हेर्नुपर्ने बाध्यता छ।

मरेपछिको स्वर्ग कसले देखेको छ र ! आजको समय छोराले दागबत्ती देला ? बंश धान्देला भन्दा नि बाचुन्जेल सन्तानले सुखले पालिदिउन् भन्ने भएको छ। आज थुप्रै बाआमा बृद्धाश्रमममा देख्दा लाग्छ , छोरी मात्र जन्मेर बाआमा पाल्ने छोरा नभएर त पक्कै त्यहाँ भएनन होला ।

कति छोरी भै भनेर भ्रुण हत्या गर्ने बा, आमानै बुढेसकालमा एक्लै परेको देखेको छु मैले। हिजो छोरी जन्मने भै भनेर गर्भ फाल्ने नै त्यहि घरमा अर्काकी छोरी बुहारी भएर आएर बुढेसकालमा अपहेलित हुँदै कमसेकम छोरी हुँदि हो त के भो ? बा आमा भन्दी हो भनेको नि देखेकै सुनेकै हो। हामी त्यहि नारीलाइ भगवानको नाममा पुजा गर्छौ तर घरमा तेही भगवानरुपी छोरीलाइ स्वीकार गर्न सक्दैनौ। तबसम्म देशमा उच्च पदमा महिला हुँदा हामीले गौरब गर्नुको के अर्थ जबसम्म हामीले बालिका भ्रुण हत्या अन्त गर्न सक्दैनौ ?

जुन दिन बोलीमा होइन साच्चिकै व्यबहारमा छोरा छोरी समान भन्ने दिन आउँछ , जुन दिन यो समाज बालिकामैत्री बन्छ त्यो दिन मात्र ती हजारौ बिबश आमाहरुको मनले शान्ती पाउँछ । होइन भने अवस्य धिक्कार्नेछन् ती आमाहरु अनि जन्मिन नपाइ कलिलैमा निमोठिन बाध्य बालिकाका भ्रुणहरुले ।

(लेखिका नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, जिफन्टकी सचिव हुन् ।)

प्रकाशित मितिः २०७४ बैशाख ११

वि.सं.२०७४ वैशाख ११ सोमवार १६:०९ मा प्रकाशित

You can share this post!

श्वेतपत्र माथि डा. कडेलको कडा प्रतिवाद : मिथ्याङ्क प्रयोग गरेर श्वेतपत्रको नाममा “पीतपत्र” ल्याइयो

श्वेतपत्र माथि डा. कडेलको कडा प्रतिवाद : मिथ्याङ्क प्रयोग गरेर श्वेतपत्रको नाममा “पीतपत्र” ल्याइयो

वि.सं.२०७८ साउन २७ बुधवार १७:५९

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधि सभामा वर्तमान अवस्थाको...

आत्मा नभएको साझा कार्यक्रमको कुनै गन्तव्य छैन, राज्य प्रणालीलाई गाइड गर्दैन : निवर्तमान उपाध्यक्ष प्रा. डा. कडेल [विचार]

आत्मा नभएको साझा कार्यक्रमको कुनै गन्तव्य छैन, राज्य प्रणालीलाई गाइड गर्दैन : निवर्तमान उपाध्यक्ष प्रा. डा. कडेल [विचार]

वि.सं.२०७८ साउन २५ सोमवार १७:२१

प्रा.डा. पुष्पराज कडेल, निवर्तमान उपाध्यक्ष, राष्ट्रिय योजना आयोग संयुक्त सरकारको...

बागमती प्रदेशको बजेटः महामारीसँग जुधिरहेको समाजलाई आशाको किरण (अनुप पौडेलको लेख)

बागमती प्रदेशको बजेटः महामारीसँग जुधिरहेको समाजलाई आशाको किरण (अनुप पौडेलको लेख)

वि.सं.२०७८ असार ४ शुक्रवार १२:३३

अनुप पौडेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख स्वकीय सचिव,...

किन आवश्यक छ क्रेडिट रेटिङ्ग, सेयर लगानीकर्ताले केमा दिने ध्यान ? (निरञ्जय घिमिरेको लेख)

किन आवश्यक छ क्रेडिट रेटिङ्ग, सेयर लगानीकर्ताले केमा दिने ध्यान ? (निरञ्जय घिमिरेको लेख)

वि.सं.२०७८ जेठ २७ बिहीवार १२:४१

निरञ्जय घिमिरे, धिताेपत्र बाेर्ड, का.मु. उप कार्यकारी निर्देशक कुनै पनि...

म्युचुअल फन्डमा लगानी, व्यवस्थापन र लगानीकर्ताले बुझ्नै पर्ने सवाल ( वित्तीय अर्थशास्त्री मुक्ति अर्यालको लेख)

म्युचुअल फन्डमा लगानी, व्यवस्थापन र लगानीकर्ताले बुझ्नै पर्ने सवाल ( वित्तीय अर्थशास्त्री मुक्ति अर्यालको लेख)

वि.सं.२०७८ जेठ २६ बुधवार १६:४९

पुँजी बजारमा विभिन्न प्रकारका फन्डहरूको आउने क्रम बढ्दो छ ।...

अर्थतन्त्र संकटमाहुँदा पुँजीबजारमा कहाँबाट आयो यत्रो पैसा ? (बरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको लेख)

अर्थतन्त्र संकटमाहुँदा पुँजीबजारमा कहाँबाट आयो यत्रो पैसा ? (बरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको लेख)

वि.सं.२०७८ जेठ २६ बुधवार ०९:१२

गजेन्द्र बुढाथोकी, बरिष्ठ आर्थिक पत्रकार, सन् २०२० को वर्ष विश्व...