इलाम । इलाममा अर्गानिक चिया उत्पादन वृद्धि भएपनि निकासीमा भने समस्या हुन थालेको छ ।
जिल्लाका साँखेजुङमा सञ्चालित हिमालयन साँग्रीला र फिक्कलको गोर्खा टि स्टेटले अर्गानिक चिया उत्पादन गर्दै आएको छ । दुईवटा कारखानाबाट उत्पादित अर्गानिक चिया भारत र जर्मनीमा मात्र निकासि हुँदै आएको छ । पछिल्लो समयमा युरोपमा आर्थिक मन्दि छाएपछि यी कारखानामा उत्पादित अर्गानिक चियाले सोचेजस्तो आम्दानी लिन र निकासी गर्न नसकिरहेको कारखाना संचालकहरुले जनाएका छन् ।
अर्गानिक हरियोपत्ति उत्पादन गर्ने किसानको अपेक्षा बढ्नु तथा बजारिकरणको अभावमा कारखाना परेकाले कारखानाले नोक्सान ब्यहोर्नु परीरहेको अर्गानिक तयारी चिया उत्पादन गर्दै आएको हिमालयन साँग्रीला चिया कारखानका मेनेजर आरसि नेपालले बताए । चियाको बजार पछिल्लो समयमा शुन्य हुँदै गएपछि अर्ग्यानिक चिया उत्पादन गर्ने कारखानाहरुले अमेरिका, जापान लगायतका तेस्रो मुलुकहरुमा चिया निकासिका लागि पहल सुरु गरेको नेपालले जानकारी गराए ।
प्रकाशित मितिः २०७४ बैशाख ११
वि.सं.२०७४ वैशाख ११ सोमवार १७:१७ मा प्रकाशित