back
NMB ad

तपाई तयार हो ? हाईड्रोको ५ करोड ४० लाखको सेयरमा आजमात्रै हो आवेदन दिन पाईने !

Kumari bank ad

काठमाडौ । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरिरहेको साधारण सेयर (आईपिओ) भर्ने आज अन्तिम दिन रहेको छ ।

गत आइतबार अर्थात् जेठ १४ गते देखि छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) निष्काशन सुरु गरेको थियो । आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारण सेयरधनीका लागि पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

छ्याङ्दीले चुक्तापुँजीको २० प्रतिशत सेयर जारी गर्ने जनाएको थियो । जसअनुसार, कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गरेको थियो । छ्याङ्दीले सेयर निष्काशन गर्नका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।

कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये १० हजार आठ सय कित्ता सेयर कर्मचारीका लागि र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी पाँच लाख २६ हजार पाँच सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म आवेदन गर्न पाइनेछ ।

ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसएमसी मर्चेन्ट बैंक, क्यापिटल लिमिटेडहरु एनआई, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट उक्त सेयरका लागि आवेदन दिन सकिनेछ ।

२०६४ सालमा स्थापित कम्पनीले लमजुङको फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निर्माण गर्दैछ ।

प्रकाशित मितिः २०७४ जेठ १८

वि.सं.२०७४ जेठ १८ बिहीवार १२:२४ मा प्रकाशित

You can share this post!

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...