back

चिकित्सक नभएपछि जटिल प्रसूति सेवा ठप्प

रोल्पा । जिल्ला अस्पताल रेउघा रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । तालिम प्राप्त चिकित्सक नहुँदा सो सेवा ठप्प भएको हो । जसका कारण प्रसूति सेवा लिन आएका सेवाग्राही महङ्गो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् ।

जटिल प्रसूति सेवाका लागि भवनलगायत सम्पूर्ण पूर्वाधार रहे पनि चिकित्सकको अभावमा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ ।

अस्पतालमा सो सेवा दिनका लागि तालिम लिएका चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो ।

रोल्पा नगरपालिका– २ की उमा चन्दले गर्भवती चेक जाँचका लागि जिल्ला अस्पताल गएपनि तालिम प्राप्त चिकित्सकको निरन्तता नहँुदा सेवा लिन कहाँ जाने हो भन्ने कुराले चिन्तित बनाएको बताउँछिन् ।

तालिम प्राप्त चिकित्सकको अनुपस्थितिसँगै अर्को चिकित्सक भर्ना गर्नका लागि दरर्खास्त आह्वान गरिएको भए पनि कसैले दरखास्त नदिँदा पदपूर्ति गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख तेजेन्द्र साउदले जानकारी दिए । नयाँ चिकित्सक भर्नाका लागि स्थानीय निकायसँग समन्वय भइरहेको साउदले बताए ।

रोल्पामा विशेषज्ञ चिकित्सक आउन नमान्ने र जुनियर चिकित्सक पनि राम्रो अवसर पाउने बित्तिकै अर्को ठाउँमा गइहाल्ने भएका कारण समस्या आउने गरेको उनले बताए ।

प्रकाशित मितिः२०७४ जेठ २७

वि.सं.२०७४ जेठ २७ शनिवार १३:०४ मा प्रकाशित

You can share this post!

ADBL
नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

वि.सं.२०८० जेठ २१ आइतवार १३:५४

काठमाडौँ, २१ जेठ। नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष...

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

वि.सं.२०८० जेठ २१ आइतवार १३:३१

मिमबहादुर रावल मान्म, २१ जेठ ।  कालीकोटका स्थानीय तह शैक्षिक...

मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

वि.सं.२०८० जेठ २१ आइतवार १२:५४

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक...

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

वि.सं.२०८० जेठ २१ आइतवार १२:४९

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ...