भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा आज रु ६१ हजार १२० सहित छ जनालाई पक्राऊ गरेको छ ।
सूर्यविनायक नगरपालिका–८ पाण्डुबजार दार्जिलिङ हाइटमा रहेको विदुर सुनार (घताने)को घरमा जुवा खेलाउने वर्ष ४५ की माइली तामाङसहित छ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईँले जानकारी दिए ।
३१ जेठ २०७४
वि.सं.२०७४ जेठ ३१ बुधवार १९:५२ मा प्रकाशित