back
NMB ad

दुवै खुट्टा गुमाएका गायक गर्बुजा पुरस्कृत

Kumari bank ad

पोखरा। लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याए बापत संगीत प्रशिक्षण केन्द्र पोखराले उनलाई सम्मान गरेको हो ।

प्रत्येक २ वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट गर्बुजालाई पुरस्कृत गर्दै ‘इच्छा र आत्मबल’को अगाडि शारीरिक समस्या ठूलो कुरा नभएको बताएका छन् ।

पुरस्कृत व्यक्तित्व गर्बुजाले आफू दुःख र अभावबाट गायक बनेको बताउँदै आफूले छिट्टै ‘आत्मकथा’ बजारमा ल्याउन लागेको जानकारी दिएका छन् ।

गजल सन्ध्याका अध्यक्ष एवम् सञ्चारकर्मी अमृत सुवेदीले गर्बुजा गायक मात्रै नभई प्रत्येकले सुन्नैपर्ने गीत र पढ्नुपर्ने नलेखिएका पुस्तक भएको बताए । पुरस्कृत व्यक्तित्वको परिचय दिँदै उनले भने, “१५ वर्षमै लाहुरे हुन हिँडेको, एक वर्ष भारतमा सर्कस, कोइला खानीदेखि होटलमा भाडा माँझ्ने कामसम्म गरी फर्केर विसं २०४३ मा घाँस काट्न जाँदा भिरबाट लडेर दुवै खुट्टा गुमाएका व्यक्ति अहिले देशको प्रसिद्ध गायक बनेका छन् ।”

‘आकाशैमुनि’, ‘हेर्दाहेर्दै कान्छीले’लगायत ‘कर्खा’, ‘झ्याउरे ’, ‘सालैजो’, ‘यानीमाया’का चर्चित गीत गाएका गर्बुजाले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, अरुण स्मृति संगीत पुरस्कार लगायत दर्जनौँ पुरस्कार तथा सम्मान पाएका छन् ।

“पैसाकै अभावमा गर्बुजा दुःख, पीरका गीत सुनाउँदै हिँड्थे । उनलाई देखेर कतिले कठै भनिदिन्थे, गीत सुनेर कतिले रुमालमा पैसा राखिदिन्थे”, सुवेदीले भने , “यसरी रुमालमा जम्मा भएको पैसाले उनी बाग्लुङको बलेवाबाट जहाजमा पहिलो पटक काठमाडौँ पुगेका थिए ।”

कवि तीर्थ श्रेष्ठ संयोजक तथा हरिदेवी कोइराला र कृष्णबहादुर सदस्य रहेको प्रतिभा छनोट समितिले गर्बुजालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । रासस

प्रकाशित मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार १२:०३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...