back
Mega Long Ad

सेयरधनीले अब २५% बोनस र ६०% प्रतिशत हकप्रद पाउने !

काठमाडौ । नेशनल लाइफ इन्सुरेन्सले अब ६० प्रतिशतमात्र हकप्रद ल्याउने भएको छ । १०० प्रतिशतबाट घटाउँदै कम्पनीले ६० प्रतिशतमा झारेको हो ।

यसअघि कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद दिने प्रस्ताव गरिएको थियो । बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्बमात्र पुर्याए हुने प्रावधान गरेपछि कम्पनीले फेरि २५ प्रतिशत बोनस र ७५ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको थियो ।

त्यसलाई फेरि परिमार्जन गरी अब ६० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरिएको हो । २५ प्रतिशत बोनस सेयरमा कायम हुने पुँजीमा ६० प्रतिशत हकप्रद ल्याउन लागिएकाले लगानीकर्तालाई घाटा नहुने कम्पनीको भनाई छ ।

यसअघि २५ प्रतिशत बोनसलाई नजोडी ७५ प्रतिशत हकप्रद ल्याउने भनिएको थियो । नेशनल लाईफ इन्स्योरेन्सले हकप्रद सेयरको अनुपात परिमार्जन गरेर बोनसपछि मात्र हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो पटक हकप्रद प्रस्ताव परिमार्जन गरेको हो । २५ प्रतिशत बोनस प्रस्ताव गरेको कम्पनीले अब बोनस वितरण गरेर ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव अघि सारेको छ ।1

जसका लागि कम्पनीले साउन २७ गते २९ औ साधारणसभा राखेको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ३२ करोड ४८ लाख रुपैयाँ छ । २५ प्रतिशत अर्थात ३३ करोड १२ लाख बराबरको बोनसपछि कम्पनीको पूँजी एक अर्ब ६५ करोड ६० लाखको पुग्नेछ । यसमा कम्पनीले ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख बराबरको हकप्रद पछि कम्पनीको पूँजी दुई अर्ब ६४ करोड ९६ लाख पुग्नेछ ।

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १३:०९ मा प्रकाशित

You can share this post!

उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मक : परिसंघ

उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मक : परिसंघ

वि.सं.२०७८ भदौ २७ आइतवार १२:१०

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई...

सरकारले गर्यो १४ सय वटा सडक आयोजनाको कार्यान्वयन स्थगित

सरकारले गर्यो १४ सय वटा सडक आयोजनाको कार्यान्वयन स्थगित

वि.सं.२०७८ भदौ २५ शुक्रवार १६:५८

काठमाडौं । सरकारले बजेटको प्रतिस्थापन विधेयक मार्फन ल्याएको नयाँ बजेटमा...

हप्ताभरी सम्पूर्ण व्यापार, व्यवसाय सञ्चालन गर्न संघको माग

हप्ताभरी सम्पूर्ण व्यापार, व्यवसाय सञ्चालन गर्न संघको माग

वि.सं.२०७८ असार ७ सोमवार १७:१९

काठमाडौं । राष्ट्रिय व्यापार संघले हप्तामा सातै दिन सम्पूर्ण व्यापार,...

ब्रेकिङ : करोडौं भ्रष्टाचार गरेको भन्दै सेबोनका अध्यक्ष ढुंगाना विरुद्ध अख्तियार उजुरी (उजुरीपत्र सहित)

ब्रेकिङ : करोडौं भ्रष्टाचार गरेको भन्दै सेबोनका अध्यक्ष ढुंगाना विरुद्ध अख्तियार उजुरी (उजुरीपत्र सहित)

वि.सं.२०७८ असार ६ आइतवार १८:१०

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले १ अर्ब...

जलविद्युत कम्पनीको नाफामा देखिन थाल्यो चमक, विद्युत बिक्री आम्दानी पनि बढ्दै

जलविद्युत कम्पनीको नाफामा देखिन थाल्यो चमक, विद्युत बिक्री आम्दानी पनि बढ्दै

वि.सं.२०७८ वैशाख २६ आइतवार १८:३३

बिक्रम सुनार, काठमाडौं । सञ्चालनमा रहेका विभिन्न ११ वटा जलविद्युत...

कोरोनापछि स्थानीय तहमा बढ्यो आर्थिक अनियमितता: खर्च देखिन्छ, प्रमाण छैन

कोरोनापछि स्थानीय तहमा बढ्यो आर्थिक अनियमितता: खर्च देखिन्छ, प्रमाण छैन

वि.सं.२०७८ वैशाख २२ बुधवार १७:५२

सोभित थपलिया काठमाडौँ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको समयमा पनि...